सीमामा अलपत्र नेपालीहरुलाई १४ दिन क्वारेन्टाइनमा बस्ने शर्त सहित नेपाल आउन दिइदै

बागलुङ चैत्र ११ ।

विश्वभर फैलिएको कोरोना भाईरसको कारण नेपाल सरकारले लकडाउन साथै सिमामा कडाई गरेसंगै सीमामा अलपत्र परेका नेपालीहरुलाई १४ दिन क्वारेन्टाइनमा बस्ने शर्तमा नेपाल आउन दिने निर्णय गरेको छ ।

भारतबाट नेपाल आएका नेपालीहरु गड्डाचौकी नाकामा रोकिएका छन् । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले अन्तिम पटकका लागि उनीहरुलाई आउन दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सूचना तथा अर्थमन्त्री डा। युवराज खतिवडाले भने, ‘अन्तिम पटकका लागि आज आउन दिन निर्णय भएको छ । तर प्रदेश सरकारले स्थानीय प्रशासनसँग समन्वय गरेर १४ दिन होम क्वारेन्टाइन अनिवार्य भनेका छौं ।’

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here