सामाग्री अभावले कोरोनाको उपचारमा समस्या

बागलुङ, ११ चैत्र ।
धौलागिरी अञ्चल अस्पतालमा कोरोनाको उपचार गर्न अति आवस्यक सामाग्रि (किट र PPE) को अभाव भएको छ । विश्वभर फैलिएको कोभिड १९ भाईरसको उपचार तथा नमुना संकलनमा (किट र PPE) को अभावले कठिनाई भएको धौलागिरी अञ्चल अस्पताका मेडिकल रेकडर तिर्थराज गौतमले जानकारी दिनु भयो ।
स्वास्थ्य मन्त्रालयबाट दुई वटा किट आएको र एक किट कोरोनाको नमुना संकलनमा प्रयोग भैसकेको र एक किट मात्र रहेको गौतमले जानकारी दिनुभयो ।
त्यस्तै उपचारका सामाग्रीको लागि मन्त्रालयमा कुरा भैरहेको जिल्ला प्रशासन कार्यलय बागलुङ का निमित्त प्रमुख धिरेन्द्रराज पन्तले उपचार सामाग्रिको लागि धौलागिरी अञ्चल अस्पतालसंग कुरा गरेर सामाग्री ल्याउन पठाइने जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here