
बागलुङ, ९ चैत ।
रोट्रयाक्ट क्लब अफ बागलुङले बागलुङ जिल्लाका पत्रकारहरुको लागि माक्स र सेनिटाइजर वितरण गरेको छ ।
पत्रकार महासंघ बागलुङको आयोजना र रोट्रयाक्ट क्लब अफ बागलुङको सहयोगमा आईतबार जिल्लामा रहेका १९ ओटा संचार माध्यम र राष्ट्रिय मिडियामा कार्यरत संचारकर्मीहरुलाई ३० वटा सेनिटाइजर र ७५ ओटा माक्स वितरण गरिएको हो ।
उक्त माक्स र सेनिटाइजर रोट्रयाक्ट क्लब अफ बागलुङका अध्यक्ष सुमित शाहिले पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषलाई हस्तान्तरण गर्नुभएको थियो । महासंघले संचार माध्यमहरुलाई प्रतिनिधि मार्फत वितरण गरेको छ ।
कोरोना भाइरसबाट बच्दै नागरिकहरुलाई सत्यतथ्य सूचना प्रदान गर्नको लागि माक्स र सेनिटाइजर वितरण गरिएको पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले जानकारी दिनुभयो । उहाँले सर्वत्र संक्रमण फैलिएसँगै उच्च जोखिम बढेकाले जिल्लामा क्रियाशिल पत्रकारलाई पहिले आफु सचेत बनेर मात्रै जनतालाई सचेत बनाउन पुर्ववत सचेतता सामाग्री प्रदान गरिएको बताउनुभयो ।
कोरानोको त्रास फैलिरहेको अवस्थामा सम्पूर्णलाई सहि सूचना प्रदान गर्ने र त्यसबाट बच्ने उपायको बारेमा संचारमाध्यमहरुले महत्वपूर्ण भुमिका खेल्ने भएकाले संचारकर्मीहरुलाई माक्स र सेनिटाइजर वितरण गरिएको रोट्रयाक्ट क्लब अफ बागलुङका अध्यक्ष सुमित शाहिले बताउनुभयो । उहाँले पत्रकारहरुले जोखिम मोल्दै सूचना प्रवाह गर्ने भएकाले उहाँहरुको पूर्वसुरक्षाको लागि सहयोग गरिएको बताउनुभयो ।

अध्यक्ष शाहिले संक्रमणबाट बच्नको लागि माक्स, सेनिटाइजरको प्रयोग गर्न र अतिआवश्यक अवस्थामा बाहेक घरबाट ननिस्किन सवैलाई अनुरोध समेत गर्नुभयो ।
उक्त कार्यक्रममा बोल्दै धौलागिरी अञ्चल अस्पताल बागलुङका प्रतिनिधि देवप्रकाश घिमिरले कोरोना भाइरसको सम्भावित रोक्न आवश्यक तयारी र भुमिका सबैको हातेमालो आवश्यक भएपनि संचार माध्यम र सञ्चारकर्मीको भुमिका विशेष रहेको बताउनुभयो ।
घिमिरेले धौलागिरी अञ्चल अस्पतालमा ज्वरोका विरामीहरु बढीरहेको बताउँदै अहिलेसम्म बागलुङका कोरोनाको संक्रमण नभेटिएको जानकारी दिनुभयो । उहाँले सरकारले संक्रमण नभित्रिन र नफैलिनको लागि पूर्वतयारी गरेकाले संक्रमण फेला परेर बाहिर नल्याएको जस्ता हल्ला नचलाउन सवैलाई अनुरोध गर्नुभयो ।
घिमिरले संक्रमणबाट बच्नको लागि माक्सको प्रयोग गर्न, सावुन पानीले हात धुन, अरुसँग हात नमिलाउन, बिहिर हिड्दा केहि बस्तु समातेमा सेनिटाइजरको प्रयोग गर्न सवैलाई अनुरोध गर्नुभयो ।
कार्यक्रमको संचालन रोट्रयाक्ट क्लब अफ बागलुङका आगामी अध्यक्ष ताराप्रसाद शर्माले गर्नुभएको थियो ।










