बागलुङ, ९ चैत ।
जिल्ला प्रशासन कार्यालय बागलुङबाट हुने नागरिकता, राहदानी, पेन्सन र अन्य सिफारिस स्थगित गरिएको छ ।
कारोना भाइरसको संक्रमण बढ्दै गएपछि नेपाल सरकारले ९ गतेदेखि २१ ग्तेसम्म अत्यावश्यक बाहेकका सवै सेवा बन्दै घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय बागलुङले सूचना प्रकाशित गरि सेवा प्रवाहलाई स्थगित गरेको हो ।
प्रशासनले प्रकाशित गरेको सूचना अनुसार जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालयहरुको अत्यावश्यक बाहेकका अन्य सेवाप्रवाद समेत अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित हुने जनाइएको छ ।
तथापि प्रशासनले जिल्लाको शान्ति सुरक्षा, विपद् व्यवस्थापन, सम्पर्क, समन्वय र सहजीकरण लगायतका विषयहरुमा प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत, सूचना अधिकारी र प्रशासकीय अधिकृत/गुनासो सुन्ने अधिकारीलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।
प्रशासनले निकालेको विज्ञप्ती











