कैलालीमा विस्फोट हुँदा एक जनाको मृत्यु

धनगढी, ९ चैत ।
कैलाली जिल्लाको विकट क्षेत्र गोदावरी नगरपालिका–४, फुलबस्तीमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा अन्दाजी ३५ वर्षीय नरबहादुर विकको मृत्यु भएको छ ।
गाउँमा तामाको वस्तु फो पारेपछि पलाग्ने क्रममा पड्किएको कैलाली प्रहरी प्रमुख एसपी सुदिप गिरीले बताए । उनले अहिले घटनास्थलतर्फ प्रहरी टोली गइरहेको जानकारी दिए ।
यद्यपि, उक्त वस्तुमा विस्फोटक पदार्थ थियो वा थिएन भन्ने प्रहरी अधिकृत घटनास्थलमा पुगेपछि मात्रै थाहा हुने गिरीले अनलाइनखबरलाई बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here