बागलुङ बजारमा निःशुल्क माक्स वितरण

बागलुङ, ९ चैत ।
बागलुङ बजारमा कोरोना भाइरसको महामारीबाट बच्नको लागि निःशुल्क माक्स वितरण गरेको छ ।
स्वाभिमान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङ र क्षत्री समाज बागलुङले संयुक्त रुपमा आईतबारदेखि निःशुल्क माक्स वितरण सुरु गरेको सहकारीका प्रबन्धक दुर्गा केसीले जानकारी दिनुभयो ।
विश्वभर कोरोना भाइरसको महामारी फैलिएपछि बागलुङ बजारमा माक्सको अभाव बढ्दै गएपछि निःशुल्क रुपमा माक्स वितरण गरिएको प्रबन्धक केसीले बतानुभयो । उहाँले स्थानियस्तरमै उत्पादन गरिएको कपडाको माक्स खरिद गरि पहिलो दिन बजारको लोकतान्त्रीक चोकबाट वितरण सुरु गरिएको बताउनुभयो ।


सहकारीले तीन दिनसम्म ३ हजार निःशुल्क माक्स वितरण गरिने क्षत्री समाज बागलुङका कोषाध्यक्ष धन बहादुर कार्कीले बताउनुभयो । ‘देशमा कोरोना भाइरसको जोखिम पूर्ण अवस्था छ, यसबाट बच्न पूर्वतयारीका लागि प्रतिव्यक्ति १ वटाका दरले माक्स वितरण गर्ने योजना बनाएका हौं’ कोषाध्यक्ष कार्कीले भन्नुभयो । उहाँले ७० हजार रुपैयाँ लागतमा ३ हजार माक्स खरिद गरि विक्रि गर्न लागेको बताउनुभयो ।
बागलुङ नगरपालिका नगरप्रमुख जनकराज पौडेलले एक वृद्धलाई माक्स वितरण गरि कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । आईतबार पहिलो दिन १ हजार ५ सय माक्स वितरण गर्ने संस्थाले जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here