
बागलुङ, ९ चैत ।
नेपाली काँग्रेस बागलुङले संगठन सुदृढिकरण तथा भेटघाट कार्यक्रम काठेखोला—१ पालामा शनिबार सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका महाधिवेसन प्रतिनिधि हरिहर शर्माले कम्युनिष्ट पार्टी नेतृत्वको वर्तमान सरकार जनताको आधारभूत आवश्यकताहरु पूरा गर्न चुकेको बताउनुभयो ।
‘निर्वाचनको समयमा आश्वासनहरु बाँडेर कम्युनिष्ट पार्टीले आफ्नो पक्षमा बहुमत ल्याएर सरकार त बनायो,’ शर्माले भने, सरकारले जनताको जनजिविकाका सवालहरु सम्बोधन गर्न सकेको छैन ।’
कार्यक्रममा पालाका पूर्व गाविस अध्यक्ष हरिप्रसाद शेरचन, नेपाल दलित संघ बागलुङका अध्यक्ष तारबहादुर विक लगायतले बोल्नुभएको थियो ।
नेपाली काँग्रेस पालाका सभापति खडक थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सचिव रनबहादुर थापा र सञ्चालन सचिव गणेश नेपालीले गर्नुभएको थियो ।
सो अवसरमा घनश्याम रोकाको अध्यक्षतामा ११ सदस्यीय नेपाल राष्ट्रिय मगर संघ पालाको गठन गरिएको छ । समितिको उपाध्यक्षमा राजकुमारी थापा, सचिवमा महेन्द्र थापा, कोषाध्यक्षमा बमबहादुर थापा, सहसचिवमा अमर थापा रहनुभएको छ ।

कार्यक्रमकै अवसरमा नरबहादुर परियारको अध्यक्षतामा ११ सदस्यीय नेपाल दलित संघ पाला पनि गठन भएको छ । समितिको उपाध्यक्षमा गोरी किसान, सचिवमा राजु नेपाली, कोषाध्यक्षमा शशिलाल नेपाली रहनुभएको छ । पार्टी कोष स्थापनाका लागि लक्ष्मण थापा संयोजक रहेको परिचालन समिति चयन भएको छ ।
समितिको सदस्य सचिवमा गोरे विक र सदस्यहरुमा दिलबहादुर जिसी, अमर थापा, यामबहादुर थापा, श्याम किसान, तारा शेरचन रहनुभएको छ । कार्यक्रमका अवसरमा नेपाली काँग्रेसको क्रियाशील सदस्यता नविकरण तथा नयाँ वितरणका लागि लगत संकलन, नेपाली काँग्रेसमा आवद्ध भए वापत द्वन्द्वकालमामा ज्यान गुमाएका, घाईते तथा विस्थापित परिवारको लगत संकलन र २०४९ र २०५४ सालमा नेपाली काँग्रेसबाट जनप्रतिनिधिमा निर्वाचितहरुको लगत संकलन गरिएको छ ।
यसैबीच नेपाली काँग्रेस बागलुङ संघीय क्षेत्र नम्बर १ ले सञ्चालन गरेको अभियान तत्कालका लागि स्थगित गरिएको छ ।
विश्वभर फैलिएको कारोना भाईरसका कारण देश नै लक डाउन हुने अवस्थामा पुगेको र पार्टी केन्द्रबाटै पार्टी कार्यक्रम भन्दा पनि कोरोना सम्बन्धी सचेतना कार्यक्रम गर्न निर्देशन भएकाले संगठन सुदृढिकरण कार्यक्रम स्थगित गरिएको नेपाली काँग्रेस बागलुङ संघीय क्षेत्र नम्बर १ का सभापति चिरञ्जीवी गौतमले बताउनुभयो ।










