बागलुङ, ७ चैत ।
उच्च अदालत पोखरा बागलुङ इजलालसले दोस्रो चौमासिकमा लक्ष्य भन्दा बढी मुद्दा फछ्यौट गरेको छ ।
साउनदेखि चैत्र एक गतेसम्म १४५ मुद्दा फैसला गर्ने लक्ष्य राखेको अदालतले १६४ मुद्दा फछ्यौट गरेको छ ।
आर्थिक वर्षको सुरुवाती महिना साउनमा सुन्य प्रगति रहेको अदालतमा भद्रौमा १५, असोजमा १२, कात्र्तिकमा १५, मंसिरमा १८, पौषमा ३१, माघमा ३२, फाल्गुनमा ३५ र चैत्र महिनाको पहिलो सातासम्म ६ मुद्दा फैसला भएको रजिष्टार मोहोन सुवेदीले जानकारी दिनुभयो ।
साउन महिनामा इजलास गठनमा ढिलाई र न्यायधिसहरुको सुरुवाले प्रगति सुन्य रहेको भए पनि सबै भन्दा बढी २१ लक्ष्य रहेको पुसमा ३१, २१ प्रगति रहेको माघमा ३२ र २४ लक्ष्य रहेको फागुनमा ३५ प्रगति भएको छ ।
अदालतले वार्षिक ४०४ मुद्दा पर्ने लक्ष्य लिएको छ । जसमध्ये फछ्यौट लक्ष्य २४५ रहेको छ । जिम्मेवारी सरेको र नयाँ मुद्दा गरी हालसम्म ५९ प्रतिशत मुद्दाको किनारा लगाएको छ ।

जिम्मेवारी सरेको र नयाँ मुद्दा गरी देवानीमा ५९ मध्ये ३४ फछ्यौट, १८० फौजदारीमा १०६, रिट ३२ मा २०, विविध ४ मा ४, निवेदन फुटकरमा ६१ मा ५७ फछ्यौट भएको रजिष्टार सुवेदीको भनाई छ ।
अदालतमा परेको ३४ मेलमिलाप सम्बन्धीका मुद्दामा ४ सफल, २५ असफल र ५ चालु अवस्थामा छन् । बागलुङ इजलासमा १७ जना मेलमिलाप कर्ता रहेका छन् । कार्यक्रममा बोल्दै मुख्यभई काम गर्ने न्यायधिस द्वारीकामान जोसीले अदालतको काम कार्वाहिलाई छिटो, छरितो र प्रविधि मैत्री बनाउन सक्दो पहल र प्रयत्न गरेको बताउनुभयो ।
‘सेवाग्राहीको बाध्यतालाई ध्यानमा राखेर काम गर्ने अभ्यास गरेका छौँ’ उहाँले भन्नुभयो–‘फैसलाका कपी प्राप्त गर्ने समय १५ मिनेट भन्दा बढी लाग्दैन ।’ फैसला प्रमाणीकरण भएकै बखत फोटोकपी राखिने हुँदा निवेदन दिएको छिनभरमै कपी प्राप्त गर्न सकिने उहाँले बताउनुभयो ।
यसैबीच, अदालतले कोरोना संक्रमणबारे पूर्वसतर्कता अपनाएको छ । अदालतमा अन्य कार्यालयहरु भन्दा सेवाग्राहीहरुको चाप बढी हुने गरेकाले पुर्व सतर्कता अनुरुप हात धुने अभियान शुरु गरिएको हो ।










