
काठमाडौं, ७ चैत ।
सरकारले चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै कार्यालय बन्द गर्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई संबोधन गर्दै संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्न आग्रह गरेका हुन् ।
यस्तै अन्तर्राष्ट्रिय हवाई सेवा र लामो दुरीका यातायात बन्द गर्ने घोषणा गरेको छ ।
प्रधानमन्त्री ओलीले आगामी चैत ९ गतेदेखि १८ गतेसम्म अन्तर्राष्ट्रिय हवाई सेवा बन्द गर्ने घोषणा गरेका हुन् ।
त्यस्तै, आगामी चैत १० गतेदेखि केही समयका लागि लामो दुरीका यातायात बन्द गर्ने पनि निर्णय गरिएको प्रधानमन्त्री ओलीले जानकारी दिए ।










