कोरोना त्रासः काठेखोलाका सबै वडामा वडास्तरीय विपद व्यवस्थापन समिति गठन गरिने

बागलुङ, ७ चैत ।
कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि काठेखोला गाउँपालिकाका सम्पूर्ण वडामा विपद व्यवस्थापन समिति गठन गरिएको भएको छ ।
गाउँपालिकाको शुक्रबार बसेको आकस्मिक बैठकले गाउँपालिकाका आठ वटै वडामा वडास्तरीय विपद व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ ।
बैठकले स्वास्थ्य संस्थामा तथा गाउँपालिकाको कार्यालय र वडा कार्यालयमा अत्यावश्यक सुरक्षाका सामाग्रीहरु माक्स, पञ्जा, सेनिटाइजर, सरसफाईका सामाग्री तथा औषधिहरु पठाउने र गाउँपालिका कार्यालयमा हेल्थ डेक्स राख्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष अमर थापाले जानकारी दिनुभयो ।
गाउँपालिकाले सम्पूर्ण स्थानियहरुलाई कोरोना भाइरसको बारेमा जनचेतना फैलाउँदै त्यसको लक्षण र बच्ने उपायको बारेमा पर्चा वितरण गरेर जानकारी गराउने निर्णय गरेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here