कमेडी च्याम्पियनको विजेता बने हिमेश पन्त

काठमाडौँ, १ चैत ।
नेपालको पहिलो कमेडीरियालिटी शो ‘कमेडी च्याम्पियन’को पहिलो संस्करणको उपाधि हिमेश पन्तले जितेका छन् ।
शनिबार काठमाडौंमा भएको ग्रान्ड फिनालेमा भोटिङका आधारमा हिमेश उत्कृष्ट घोषित भएका हुन् ।
उनले २५ लाख रुपैयाँ नगद र एउटा कार पाएका छन् । फिनालेमा वरिष्ठ कलाकार हरिवंश आचार्यले विजेता घोषणा गरेका थिए ।
शोको फाइनलिस्टमा सुमन कोइराला र खड्गबहादुर पुनमगर पनि थिए ।
विशाल भण्डारीले निर्देशन र निर्माण गरेको ‘कमेडी च्याम्पियन’को निर्णायक मण्डलमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा थिए । भण्डारीले यसअघि नै दोस्रो संस्करणको घोषणा गरिसकेका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here