कोरोना भाइरस संक्रमणको आशंकामा चिन र कोरियाबाट फर्केका ४ जना टेकु अस्पताल भर्ना

काठमाडौं, १८ फागुन ।
कोरोना भाइरस संक्रमणको आशंकामा टेकु अस्पतालमा ४ जना भर्ना भएका छन् ।
टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको अस्पतालले जनाएको छ ।
भर्ना गरिएका एकजना चीन तथा तीनजना दक्षिण कोरियाबाट फर्केका नेपाली रहेको अस्पतालले जनाएको छ ।
शनिबार र आइतबार गरेर चार जनालाई आइसोलेसन वार्डमा राखिएको अस्पतालले जानकारी दिएको छ । शनिबार एकजना अस्पताल भर्ना भएका थिए । उनी चीनबाट फर्किएका व्यक्ति हुन् ।
आइतबार कोरियाबाट आएका तीनजना भर्ना गरिएको अस्पतालका डा. अनुप बास्तोलाले जानकारी दिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here