
बागलुङ, ८ फागुन ।
पुष्पाञ्जली ग्रामिण विकास केन्द्र काठेखोला गाउँपालिका–२ भीमापोखराले आयोजन गरेको ऐतिहासिक शिवरात्री मेला–२०७६ मा भलिबल प्रतियोगिता जारी रहेको छ ।
बिहीबार भएको पहिलो खेलमा डिआर निर्माण सेवा पालाले सिर्जनशिल युवा क्लब धम्जालाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो । दोस्रो खेलमा गणेश स्मृति बेनी नगरपालिका–२ म्याग्दीले भीमापोखरा खेलकुद विकास समिति (बि)लाई र तेस्रो तथा क्वाटरफाइनल खेलमा भीमापोखरा खेलकुद विकास समिति (ए)ले भदौरे मेला व्यवस्थापन समिति ताराखोला गाउँपालिकालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
यस्तै लेखानि खेलकुद विकास समितीले डिआर निर्माण सेवालाई पराजित गर्दै लेखानी सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै बिहीबारको अन्तिम खेलमा रेश खेलकुद विकास समितिले गणेश स्मृति बेनी नगरपालिका–२ म्याग्दीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
मेलामा शुक्रबार महाशिवरात्रीको दिन भलिबलका सेमिफाइनल खेलहरु हुने केन्द्रका पूर्वअध्यक्ष एवं सल्लाहकार प्रेम केसीले जानकारी दिनुभयो । पहिलो सेमिफाइनल खेल भीमापोखरा खेलकुद विकास समिति विरुद्ध लेखानी खेलकुद बिकास समिति र दोस्रो सेमिफाइनल रेश खेलकुद विकास समिति विरुद्ध झुलेनी गाइज विच हुने सल्लाहकार केसीले जानकारी दिए ।
यस्तै शुक्रबार बागलुङ बजारदेखि काठेखोला गाउँपालिका–२ भीमापोखराको डोहेरीसम्म मोटरसाइकल ¥याली हुने भएको छ । भीमापोखराका पर्यटकीय स्थलहरुको प्रचारप्रसारको लागि मोटरसाइकल ¥यालीको आयोजना गरिएको केन्द्रले जनाएको छ ।










