गण्डकी प्रदेशबाट धौलागिरी अञ्चल अस्पतालका डाक्टर पोखरेल पुरस्कृत हुने

सिर्जना कार्की
बागलुङ, ४ फागुन ।
धौलागिरी अञ्चल अस्पताल बागलुङका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर शैलेन्द्र बि.के. पोखरेल पुरस्कृत हुनुहुने भएको छ ।
गण्डकी प्रदेश सरकार स्थापनाको दुई वर्ष पुरा भएको अवसरमा डाक्टर पोखरेल ५० हजार रुपैयाँ राशीको प्रदेश प्रोत्साहन पुरस्कारबाट पुरस्कृत हुन लाग्नुभएको हो ।
गण्डकी प्रदेशको पहिलो अस्पताल धौलागिरी अञ्चल अस्पतालमा कार्यरत रहि उत्कृष्ट कार्यगरेको भन्दै प्रदेश सरकारले प्रोत्साहन पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । उक्त पुरस्कार एक समारोहको आयोजना गरि वितरण गर्ने प्रदेश सरकारको तयारी छ ।
अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सागर राजभण्डारीको गत असार २९ गते राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रमामा सरुवा भएपछि नवौं तहमा रहनुभएका डा. पोखरेलले निमित्त मेडिकल सुपरिटेण्डेण्टको रुपमा काम गर्दै आउनुभएको छ ।
अस्पताल विकास समिति र नि.मे.सु.को पहलमा अस्पतालको सेवाहरुमा सुधार, विरामीहरुलाई चाडो स्वास्थ्य उपचार, अस्पताल वरिपरीको बातावरणको सरसफाई लगायतका कामहरु भएका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here