ढोरपाटन नगरपालिकाले गर्यो बुर्तिबाङका नवआगन्तुक प्रनि भण्डारीलाई स्वागत

187

विनोद विश्वकर्मा
बुर्तिबाङ, २ फागुन ।
ईलाका प्रहरी कार्यालय बुर्तिबाङका नवागत प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीलाई आज (शुक्रबार)ं ढोरपाटन नगरपालिकाले स्वागत गरेको छ । नगर कार्यपालिका कार्यालयमा आज एक कार्यक्रमको आयोजना गरी प्रहरी निरिक्षक भण्डारीलाई स्वागत गरिएको हो ।
ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरिक्षक सुरज खड्काको सुनसरीमा सरुवा भएपछि भण्डरी आउनुभएको बताइएको छ । यस अघि जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत भण्डारी त्यहाँबाट सरुवा भई शुक्रबार मात्रै बुर्तिबाङमा आउनुभएको हो ।


नवागत प्रहरी निरिक्षक भण्डारीलाई नगर प्रमुख देव कुमार नेपालीले खादा अविर लगाएर स्वागत गर्नुभएको थियो । स्वागत कार्यक्रममा बोल्दै प्रहरी निरिक्षक भण्डारीले पश्चिम बागलुङको निसीभूजी र तमान क्षेत्रमा शान्ती सुरक्षा तथा अमन चयनका लागि निस्पक्ष रुपमा आफुले कार्यसम्पादन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । साथै यहाँका जनप्रतिनिधी, राजनैतिक दल सहित आम जनताहरुको भरपूर साथ र सहयोगको अपेक्षा गरेको समेत उहाँले बताउनुभयो ।
नगर प्रमुख नेपालीको अध्यक्षता रहेको स्वागत कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष चित्र बहादुर भण्डारी, वडा नं. ३ का वडा अध्यक्ष हेमेन्द्र घर्ति मगर सहित नगर कार्यपालिका कार्यालयमा कार्यरत अन्य कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।
नगर उप–प्रमुख करमती पुनको स्वागत मन्तव्य रहेको स्वागत कार्यक्रमको सञ्चालन भने वडा नं. २ का वडा अध्यक्ष यूवराज महतले गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here