गण्डकी प्रदेश क्रिकेट लिगः बागलुङले कास्की–विलाई ८ विकेटले हरायो

133

पोखरा, २ फागुन ।
पोखरा रंगशालामा जारी गण्डकी प्रदेश स्तरीय यू–१६ एकदिवसीय क्रिकेट प्रतियोगितामा बागलुङले दोस्रो जित हात पारेको छ ।
बागलुङले शुक्रबार भएको आफ्नो दोस्रो खेलमा प्रशान्त सापकोटा चम्किएपछि कास्की–विलाई ८ विकेटले पराजित गरेको हो ।
१११ रनको विजय लक्ष्य पछ्याएको बागलुङले २०.३ ओभरमा २ विकेट गुमाएर पुरा ग¥यो । बागलुङको लागि सचिन अधिकारीले ३९ र बुद्धि बहादुर थापाले अविजित ३७ बन बनाएभने अनिल आचार्यले १२ रन बनाएका थिए ।
कस्की–विको सुदिप भट्टराई र दर्पण डागीले १/१ विकेट लिए ।
यसअघि टस जितेर पहिले व्याटिङ गरेको कास्की–बिले सफल श्रेष्ठ ३०, आकाश शर्मा २२ र सुदिप भट्टराईको १८ रनको मद्धतमा ३६.३ ओभरमा ११० रनमा समेटिएको थियो ।
बालिङ तर्फ बागलुङका खेलको म्यान अफदि म्याच बनेका प्रशान्त सापकोटाले ८ ओभरमा मेडेन राख्दै १६ रन खर्चेर ४ विकेट लिए । यस्तै पुष्कल गौडेल र सुवास भण्डारीले २/२ तथा रोहित कंडेल र सचिन अधिकारीले १/१ विकेट लिएका थिए ।
प्रतियोगिता अन्तरगत भोली (शनिबार) बागलुङ र कास्की-ए बिच खेल हुनेछ । प्रतियोगितामा गण्डकी प्रदेशका ४ जिल्लाहरुबाट पाँच क्रिकेट टिमहरुहरुको सहभागिता रहेको छ । प्रतियोगितामा बागलुङ सहित नवलपुर, स्याङ्जा, कास्की-ए र कास्की–बि रहेका छन । १० दिन सम्म चल्ने प्रतियोगिता राउन्ड रोबिन फर्म्याटमा खेलाइने छ भने शिर्ष स्थानमा रहने टिम बिजयी हुनेछ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here