महाशिवरात्रीमा बिहुँमा खुल्ला राष्ट्रिय लोकभजन प्रतियोगिता हुने

60

बागलुङ, १ फागुन ।
बागलुङको काठेखोला गाउँपालिका–५ विहुँकोटमा महाशिवरात्रीको अवसरमा खुल्ला राष्ट्रिय लोकभजन प्रतियोगिता हुनेभएको छ ।
विहुँमा रहेको धार्मिक तथा पर्यटकियस्थल त्रिपुरेश्वर महादेव विहुँ (रामकोट) मन्दिर व्यवस्थापन समितिले महाशिवरात्री पर्वको अवसर पारेर प्रतियोगिताको आयोजना गरिएको बिहीबार पत्रकार सम्मेलन गरि जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै संचालक समितिका उपाध्यक्ष गौरिशंकर शर्मा सुवेदीले लोप हुन लागेको संस्कृति, परम्परा र ऐतिहासिक महत्व झल्कने संस्कृतिहरु संरक्षण गर्ने उद्देश्य प्रतियोगिताको आयोजना गर्न लागिएको बताए । उनले एक दिन संचालन हुने प्रतियोगितामा प्रथम हुने समुहले ५१ हजार, द्धितिय हुनेले ३१ हजार, तृतीय हुनेले २१ हजार र सान्त्वनाले ११ हजार रुपैयाँ प्राप्त गर्ने बताए ।
धार्मिक र पर्यटकिय रुपमा बिकास हुन नसकेर ओझेलमा परेको यस तिर्थस्थलाई प्रचार प्रसार गर्ने र आन्तरिक तथा बाह्य पर्यटकहरु भित्रयाउन प्रतियोगिताले सहयोग पु¥याउने आयोजकले जनाएको छ । प्रतियोगितामा हालसम्म १८ टिमले नामदर्ता गराएको संस्थाका सहसचिव ज्ञामनाथ कंडेलले जानकारी दिए । उनले पर्यटन वर्ष २०२० लाई प्रतियोगिताले महत्वपूर्ण सहयोग पु¥याउने विश्वास लिएको बताए ।
कार्यक्रममा बोल्दै पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीषले समाजमा रहेका हरेक पक्षको बिकास गर्न स्थानियहरु नै जाग्नु पर्ने बताए । उनले धार्मिक होस या पर्यटकिय क्षेत्र होस तिनीहरुको विकास प्रचारप्रसार गर्न स्थानियबासीहरुले नै प्रयत्न गर्नुपर्ने जोड दिए । उनले यस्ता धार्मिक र ऐतिहासिक तिर्थस्थलहरु संरक्षण गर्न सबैले हातेमालो गर्नुपर्ने उनको भनाई थियो ।
पत्रकार सम्मेलनमा काठेखोला–६ विहुँका वडाअध्यक्ष युक्तप्रसाद कंडेल र वडा नम्बर ५ की वडासदस्य खगिशरा न्यौपानेले आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
संचालक समितिका उपाध्यक्ष गौरिशंकर शर्मा सुवेदीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको स्वागत समितिका सदस्य ज्ञानकुमारी श्रीस शर्मा र संचालन सहसचिव ज्ञामनाथ कंडेलले गरेका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here