जनयुद्ध दिवसमा अनेरास्ववियू बागलुङले गर्यो दिप प्रज्वलन

156

बागलुङ, १ फागुन ।
२५ औं जनयुद्ध दिवसको अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन बागलुङले दिप प्रज्वलन गरेको छ ।


नेपाल कम्प्युनिष्ट पार्टी नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले परिवर्तनका निमित्त आफ्नो जीवन समर्पण गर्ने शहीदहरूको सम्झनामा धौलागिरी बहुमुखी क्याम्पस प्राङ्गणमा दिप प्रज्वलन गरेको हो ।


दिप प्रज्वलन कार्यक्रममा बोल्दै नेकपा बागलुङका अध्यक्ष तथा गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले मुलुक निर्माण गर्नका लागि जनयुद्ध तथा जनआन्दोलनमा ज्यान गुमाउने बीर शहिदहरुलाई सम्मान गर्दै उहाँहरुको त्याग र बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्न अनेरास्ववियूको महत्वपूर्ण जिम्मेबारी रहेको बताउनुभयो ।


कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय सदस्य जीवन शर्माले शुभकामना मन्तव्य राख्नुभयो । अनेरास्ववियु बागलुङका संयोजक मिलन काउचाको अध्यक्षता, सहसंयोजक शेखर खडकाको स्वागत मन्तव्य र अनेरास्ववियु बागलुङका शिव शर्माको संचालनमा कार्यक्रम सम्पन भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here