दोस्रो चिल्ड्रेन लाईफ कपः सेमिफाइनल समिकरण पुरा

336

अर्जुन कार्की
बागलुङ, १ फागुन ।
दोस्रो चिल्ड्रेन लाईफ अन्तरविद्यालय (+२) स्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ ।
प्रतियोगितामा बिहीबार चिल्ड्रेन लाईफ इङ्गलिस बोर्डिङ्ग बोर्डिङ स्कुल (सेतो), न्यू एभरेष्ट एकेडेमी, अमर आदर्श मावि र चिल्ड्रेन लाईफ इङ्गलिस बोर्डिङ्ग बोर्डिङ स्कुल (रातो) विजयी हुँदै सेमिफाइनल प्रवेश गरेका छन् ।
बिहीबारको पहिलो क्वाटरफाइनल खेलमा चिल्ड्रेन लाईफ इङ्गलिस बोर्डिङ्ग स्कुल (सेतो)ले गणेश माध्यमिक विद्यालयलाई ४–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
चिल्ड्रेन लाईफको सवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलको ४३ औं मिनेटमा राजिव श्रीस, ४९ औं मिनेटमा अजय पुन, ५१ औं मिनेटमा मनोज थापा र ५६ औं मिनेटमा अविशेक सिर्पालीले गोल गरेका थिए ।
यस्तै दोस्रो क्वाटरफाइनल खेलमा न्यू एभरेष्ट एकेडेमीले न्यू ओयसिस एकेडेमीलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टिम २–२ बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
निर्धारित समयमा न्यू एभरेष्टले दुई पटक अग्रता लिएपनि जोगान सकेको थिए । न्यू एभरेष्टको लागि खेलको १७ औं मिनेटमा सागर थापा र ३५ औं मिनेटमा विवस रानाले गोल गरेका थिए । यस्तै न्यू ओयसिसको लागि खेलको २३ औं र ५३ औं मिनेटमा निशान क्षेत्रीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
पेनाल्टीमा न्यू एभरेष्टका रोहित तामाङ, प्रमोद विसी, रोहन भण्डारी र विवस रानाले गोल गरेका थिए । यस्तै न्यू ओयसिसको लागि अनुरोध थापा र निसान क्षेत्रीले गोल गरेका थिए ।
तेस्रो क्वाटरफाइनल खेलमा विपिन महतको चार गोलको मद्धतमा अमर आदर्श माविले भीमसेन माविलाई ५–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगितामा आफ्नो पहिलो ह्याट्रिक गर्ने क्रममा अमर आदर्शका विपिन महतले खेलको १४ औं, २७ औं र ३७ औं मिनेटमा गोल गरेका थिए । उनले खेलको ६१ औं मिनेटमा गोल गर्दै प्रतियोगितामा आफ्नो गोलसंख्या चार पु¥याए । अमर आदर्शको लागि खेलको ४८ औं मिनेटमा सुमन थापाले गोल गरेका थिए ।
अन्तिम क्वाटरफाइनल खेलमा आयोजक चिल्ड्रेन लाईफ इङ्गलिस बोर्डिङ्ग बोर्डिङ स्कुल (रातो)ले गरिमा आवासिय मावि (डिग्नीटी)लाई टाइब्रेकरमा ३–२ गोलअन्तरले पराजित गरेको छ । निर्धारित समयमा दुवै दुवै टिमबाट १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । खेलमा गरिमाका अनिस रुचालले खेलको १४ औं मिनेटमा गोल गर्दै अग्रता बनाएपछि चिल्ड्रेन लाईफका प्रमिश सुवेदीले खेलको ३० औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
पेनाल्टी सुटआउटमा चिल्ड्रेन लाईफको सुिशल राजभण्डारीको प्रहार बाहिरिएको थियोभने प्रमिश सुवेदी, विवेक गुरुङ र पवन पुनले गोल गरेका थिए । गरिमाको लागि अनिश रुचाल र आर्यन थापाले गोलगरेभने विजय केस, सागर विके र सरोज खत्रीको प्रहार चिल्ड्रेनका गोलकिपर दिवस सापकोटाले रोकेका थिए ।
चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलको आयोजना र चिल्ड्रेन लाईफ स्पोर्टस् क्लबको सहआयोजनामा आयोजित प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा विद्यागत तर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड सहित प्रत्येक खेलको म्यानअफदि म्याच, सर्वोत्कृष्ट खेलाडी र उच्च गोलकर्तालाई पुरस्कृत गरिने छ ।
प्रतियोगिता अन्तरगत शुक्रबार सेमिफाइनलका खेलहरु हुनेछन् । शुक्रबार पहिलो सेमिफाइनल लाईफ इङ्गलिस बोर्डिङ्ग बोर्डिङ स्कुल (सेतो) विरुद्ध न्यू एभरेष्ट एकेडेमी र दोस्रो सेमिफाइनल खेल अमर आदर्श मावि विरुद्ध लाईफ इङ्गलिस बोर्डिङ्ग बोर्डिङ स्कुल रातो)का विच हुनेछ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here