गण्डकी प्रदेश क्रिकेट लिगः बागलुङको विजयी सुरुवात

179

पोखरा, १ फागुन
सुवाश भण्डारीले ९० रनको पारी खेलेपछि बागलुङले पोखरामा जारी गण्डकी प्रदेश स्तरिय पोखरा पल्टन अन्तर जिल्ला क्रिकेट लिग एक दिवसिय क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । पोखरा क्रिकेट एकेडेमिको आयोजनामा बिहीबार भएको खेलमा बागलुङले स्याङ्गजालाई ५८ रनले पराजित गरेको हो ।
टस जितेर व्याटिङ्ग गरेको बागलुङले पुरा ५० ओभर खेल्दै ५ विकेटको क्षतिमा १ सय ९४ रनको योगफल तयार पारेको पा¥यो । बागलुङको तर्फबाट सुवासले १ सय ३ बलको सामना गर्दै ९ चौका र १ छक्काको मद्धतमा अभिजित ९० रन बनाए । त्यस्तै अनिल आचार्यले २३ रन जोडे ।
स्याङ्गजाको बलिङ्गमा संदिप पराजुली र जनक भट्टराईले २/२ विकेट लिए । किरण भट्टराईले पनि एक विकेट लिएका थिए ।
जितका लागि १ सय ९५ रनको लक्ष्य पछ्याएको स्याङ्गजा ३३.४ ओभरमा १ सय ३६ रनमै समेटियो । स्याङ्गजाको पारीमा सौजन्य रेग्मीले ३९, किरण भट्टराईले १८ तथा गणेश बस्यालले १७ रन जोडे । बागलुङको बलिङ्गमा सुवास भण्डारी र सिमोन पौडेलले समान ४–४ विकेट लिए भने सचिनराज अधिकारलाई १ विकेट मिलेको थियो ।

खेलमा ९० रन र ४ विकेट लिएका बागलुङका सुवास भण्डारी म्यान अफ द म्याच भए । गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेन्सन प्रजुले उनलाई म्यान अफ द म्याचको ट्रफि प्रदान गरेका थिए । प्रतियोगितामा शुक्रबार बागलुङ र कास्की ‘बि’विच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक चन्द्रबहादुर गुरुङ्ग जिम्मीले जानकारी दिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here