बडिगाड २ सिमलचौरमा आगलागी हुँदा २ लाखको क्षती

कमल पौडेल
बागलुङ, २८ माघ ।
बडिगाड गाउँपालिका वडा नं। २ सिमलचौरमा आगलागी हुँदा १ गोठ जलेर नष्ट भएको छ ।
स्थानिय चुमकान्त पोखरेलको गोठ आगलागि हुँदा गोठमा रहेको खर, पराल पूर्ण रुपमा नष्ट भएको छ । स्थानियहरु तत्कालै उद्धारमा जुटेको कारण पशु चौपया सहित मानविय क्षती हुनबाट वँचेको प्रहरी चौकी खर्वाङका प्रमुख मान वहादुर कार्कीले बताउनुभयो ।
उद्धारको लागी प्रहरी सहायक निरिक्षक मान बहादुर कार्कि सहित स्थानियहरुको व्यापक उपस्थिति रहेको थियो । आगलागीवाट करिव २ लाख वरावरको क्षति भएको प्रहरीले जनाएको छ । साना केटाकेटिले आगो खेलाउँदा आगो लागेको हुन सक्ने अनुमान गरिएको यद्यपी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
करिव ५ वजे तिर लागेको आगो १ घण्टापछि पूर्ण नियन्त्रणमा आएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here