
कमल पौडेल
बागलुङ, २८ माघ,
बडिगाड गाउँपालिका वडा नं. ८ रणसिंहकिटेनीका वडाअध्यक्ष यमबहादुर श्रीस मातृशोकमा हुनुहुन्छ । हिन्दु संस्कार अनुसार किरियामा बस्नुभएका श्रीसले वडा वासिको काम भने रोक्नुभएको छैन ।
एक जना सहयोगी राखेर किरियापत्रीको रुपमै रहेको बेला आवश्यक कागजात तयार गर्ने, सामाजिक समस्याहरुलाई समाधानको लागी पहल गर्ने गर्नुभएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला कमिटि सदस्य समेत रहेका श्रीसले शोकलाई शक्तिमा बदल्दै जनताको सेवामा खटिएको बताउनुभएको छ ।
१३ दिनसम्म जनता सेवावाट टाढा रहँदा समस्या हुने भन्दै श्रीसले सिरिया वसेकै स्थानवाट सेवा दिनुभएको हो । अध्यक्ष श्रीसकी ममतामयी माता चन्द्रकला श्रीसको यही माघ २४ गते ७७ वर्षको उमेरमा निधन भएको थियो । सेवाग्राहिहरु आवश्यक सेवाको लागी अध्यक्ष श्रीसको घरमै पुग्ने गरेका छन् । जनताको सेवक वडा अध्यक्ष भएको भन्दै स्थानियले श्रीसको प्रशंसा समेत गरेका छन् ।










