
अनिश खाती
बागलुङ, २४ माघ ।
युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले बागलुङ नगरपालिकाका–७ ले ड्राईभिङ्ग प्रशिक्षण तालिम सुरुवात गरेको छ ।
वडा कार्यालयले बिहीबारदेखि सुरुवात गरेको तालिमको उद्घाटन समारोहमा बोल्दै वडाअध्यक्ष खगराज पाण्डेले युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले तालिम सुरुवात गरिएको बताउनुभयो । उहाँले जीवन चलाउनको लागि राम्रोसँग तालिम सिकेर व्यवहारमा प्रयोग गर्न सहभागीहरुलाई अनुरोध गर्नुभयो ।
कालिका ड्राइभिङ्ग स्कुलले सहजिकरण गर्ने तालिममा ४५ जना युवाहरुको सहभागिता रहेको छ ।
बागलुड नगरपालिकाबाट ३ लाखको सहयोग र प्रत्येक सहभागीबाट १५ सय गरी ३ लाख ६७ हजार ५ सय रुपैयाँमा तालिम संचालन हुने जनाइएको छ ।
बानपा ७ वार्ड सचिव हिरा बस् केसीको सँचालनमा संपन्न कर्यक्रमको अध्यक्षता कालिका ड्राभिङ्ग स्कूलका सँचालक विष्णु पन्तले गर्नुभएको थियो ।










