बागलुङ, २३ माघ ।
बागलुङको तमाखोलामा बिहीबार साँझ जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
तमाखोला गाउँपालिका–३ को बुलबुलेमा ग १ त ५७६२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा म्याग्दी जिल्लाको मालिका गाउँपालिका–२ का २१ बर्षिया रिता पुन, ५२ बर्षिय मनकुमारी पुन र ५७ बर्षिय ओमप्रकाश पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
दुर्घटनामा चार जना गम्भिर घाइते भएका छन् । म्याग्दी मालिका–२ का ४८ बर्षिय मनप्रसाद पुन, २९ बर्षिय २९ ट्याक्टर चालक रमेश घर्ती, ४२ बर्षिय खगेन्द्र पुन र ४३ बर्षिय गौमाया पुनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको स्थानीय र प्रहरीले उद्धार गरि स्थानीय स्वाथ्य चौकीमा उपचार भइरहेको छ ।
दुर्घटनाग्रस्त ट्याक्टर म्याग्दीको मालिका गाउँपालिकाबाट बागलुङको तमानखोला गाउँपालिका–१ बोंगादोभानमा दुलही लिन जन्ती लिएर गएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्याल्य बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिनुभयो । उहाँले ट्याक्टरमा २०÷२५ जना सवार रहेको अनुमान गरिएको र अहिले घटनास्थलमा खोजी र उद्धार कार्य जारी रहेको बताउनुभयो ।










