सिडियोको ९ महिने कार्य अवधीः आफ्नै कार्यालय भवनदेखि भाडा समायोजनमा सफलता

नवीन शिशिर
बागलुङ, २३ माघ ।
बागलुङका प्रमुख जिल्ला अधिकारी (सिडियो) लुकबहादुर क्षेत्री बागलुङ आएको नौ महिना बित्यो । सिडियोको रुपमा कार्य सम्पादन गरी दशौ महिनामा चल्दै गर्दा उहाँको गृह मन्त्रालय काज सरुवा भएको छ ।
निष्पक्ष, सरल र समन्वयकारी भूमिकामा उत्कृष्ट सिडियो भूमिका निर्माण गरेको भन्दै जिल्ला स्थित राजनीतिक दल, सामाजिक संघ संस्था र पत्रकारहरुले मुक्तकण्डले प्रसंशा गरेका छन् । प्रमुख जिल्ला अधिकारीको रुपमा जिल्लामा खेलेको अभिभाविकीय भूमिलाई आगमी दिनमा आउने सिडियोहरुले पनि सिक्नु आवश्यक औल्याए ।
नौ महिनाको अवधिमा प्रमुख जिल्ला अधिकारी क्षेत्रको नेतृत्वमा केही जनचासोका क्षेत्रमा उपलब्धी मुलक काम सम्पन्न भएको छ । उनको समन्वयमा बागलुङ बजारदेखि बूर्तिवाङ्गसम्मको भाडा समायोजन, जिल्ला प्रशासनको अलपत्र भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने गण्डकी प्रदेशसभा उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भयो ।
जिल्लामा शान्ति सुरक्षा कायम गर्नु तथा निष्पक्ष र गुनासो रहित सेवा प्रवाहमा सफला मिल्यो राजनीतिक दल, पत्रकार तथा सामाजिक संघ संस्थाका अगुवासँगको भेटमा उहाँले भन्नुभयो–‘सबैको सहकार्य, समन्वय र सहयोगबाट आलोचना मुक्त बन्न सकियो ।’
आफ्नो कार्य अवधिमा विप्लव समूहका गतिविधि नियन्त्रण, कार्यालय परिसरमा बैकका एक्टेन्सन काउन्टर तथा वैदेशिक रोजगार सूचना तथा परामर्श केन्द्र स्थापना, बाढी पहिरो र प्राकृतिक विपतमा छिटो राहत र उद्धार, विकट क्षेत्रमा एकीकृत घुम्ती शिविर, कार्यालयको आन्तिरिक व्यवस्थापन चुस्तदुरुत, सशस्त्र प्रहरी बल स्थापना जस्ता महत्वपुर्ण काम गरेको उहाँले उल्लेख गर्नुभयो ।
राजनीतिक दल, सामाजिक संघ संस्था, पत्रकारबीचको एकता, रचनात्मक सहयोग र मनकारी जनताको एकीकृत नमुना बागलुङ रहेको उल्लेख गर्दै उहाँले जिल्लाको विकास र समृद्धीको लागि सकरात्मक पक्ष भएको बताउनुभयो ।
जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगानाले प्रशासन, कर्मचारीतन्त्र र जनप्रतिनिधिबीचको सम्बन्धलाई मजबुद बनाउन प्रमुख जिल्ला अधिकारीको भूमीका उत्कृष्ट रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका बागलुङ नगर कमिटी अध्यक्ष धनबहादुर परियारले समन्वयात्मक र सहयोगी पक्ष अनुकरणीय रहेको बताउनुभयो । ‘नौ महिने कार्य अवधि विवाद रहित रह्यो’ नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष उमेस गौतमले भन्नुभयो–‘गुनासो रहित सेवा प्रवाह, निष्पक्ष भुमिका सबैले सिक्नु पर्छ ।’
राष्ट्रिय जनमोर्चाका अध्यक्ष अमरबहादुर थापाले उत्कृष्ट निर्वाचन व्यवस्थापन, विकास गतिविधिमा सकरात्मक पहलले जिल्लाबासी सिडियोको भूमिका प्रति आभारी रहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी क्षेत्री बैशाख २० गते जिल्ला प्रशासन कार्यालयका हाजिर भएका थिए ।
सरकारले आईतबार ६० सहसचिवसहित उपसचिवहरुको सरुवा तथा पदस्थापनसँगै १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी पनि परिवर्तन गर्ने निर्णय गरेको थियो । सोही अनुसार बागलुङमा नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा सहसचिव गौंगोचन सैँजु आउँदै हुनुहुन्छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here