दोस्रो मेयर कप राष्ट्रिय फुटबल: उपाधि जित्नेमा दुवै टिमको दावि

अर्जुन कार्की
बागलुङ, २० माघ ।
बागलुङ बजारमा जारी दोस्रो मेयर कप राष्ट्रिय फुटबल प्रतियोगितामा मंगलबार आयोजक बागलुङ नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीच उपाधि भिडन्त हुँदैछ । प्रतियोगिताको उपाधि जित्नेमा दुवै टोली ढुक्क रहेको बताएका छन् ।
फाइनल खेलको पूर्वसन्ध्यामा आयोजित प्रेस कन्फरेन्समा बोल्दै आयोजक बागलुङ नगरपालिकाका प्रशिक्षक भिमबहादुर बोहोराले आफ्नो टोली लयमा रहेकोले उपाधि बागलुङमै राख्ने बताए । ‘हाम्रो टिम फममा छ त्यसैले भोली यसपटकको उपाधि बागलुङमै राखिन्छ’ बोहोराले भने ।

बागलुङ नगरपालिकाका प्रशिक्षक भिमबहादुर बोहोरा

उनले गल्कोटसँग र भीमादसँग गोल गरेका आशिष केसी रातो कार्डको कारण फाइनलमा नहुने भएपनि उनको अभाव नखड्कीने बताए । आशिषको व्याकमा हाम्रो खेलाडीहरु छन् प्रशिक्षक बोहोराले भने–‘फाइनलमा उसको अभाव खड्किने छैन किनकी हामीसँग अर्को खेलाडी तयारी छ ।’
प्रशिक्षक बोहोराले खेलमा गोलभएर मात्र टिम राम्रो हुने नगरे नहुने नरहेको बताउँदै मेस्सीले जस्तो खेल्न नसक्ने बताउँदै जस्तो ठाउँ छ त्यस्तै मेस्सी आफ्नो टिममा रहेको बताए । उनले एउटा खेलाडीले चार गोल गर्दा राम्रो भन्ने र नगर्दा राम्रो भएन भन्न नहुने बताए ।
यस्तै चौदण्डीगढी नगरपालिका उदयपुरका प्रशिक्षक बुद्धहाङ राईले जसले १००% दिन्छ त्यसले नै खेल जित्ने बताए । प्रशिक्षक राईले भने–‘हामी फाइनलसम्म पनि आउँछौं जस्तो लागेको थिए, फाइनलमा आइपुगियो । हाम्रो तर्फबाट पनि बेष्ट दिने र जसले १०० प्रतिशत दिन्छ त्यसले जित्छ ।’

चौदण्डीगढी नगरपालिका उदयपुरका प्रशिक्षक बुद्धहाङ राई

बागलुङको होमग्राउण्ड भएको र जित्ने विश्वास भएपनि प्रशिक्षक राईले आफुले सवै खेलाडीलाई सम्मान गर्ने र जित्नको लागि अर्को पक्षमा मेस्सी रहेमा आफुले रोनाल्डो जस्तो खेलाडी ल्याउने विश्वास रहेको बताए ।
राईले आफ्नो टिममा डिफेन्स लाइन कडा रहेको बताउँदै सवै खेलाडीहरुले नगरपालिकाको सानको लागि खेल्ने बताए । उनले आफुहरुमा कुन पक्ष बलियो भन्नुभन्दा पनि आफुहरुमा आत्मविश्वास रहेको र त्यो नै चौदण्डीगढी टिमको बलियो पक्ष रहेको बताए ।
चौदण्डीगढीका कप्तान सरद राईले आफुहरुको ठूलो कुरो फाइनलसम्म आउनु रहेको बताए । उनले फाइनलमा पनि १०० प्रतिशत दिएर खेल्ने बताए । कप्तान राईले बागलुङको बाङ्गेचौर मैदानमा पहिलो पटक खेलेको बताउँदै २ खेल खेल्दा मैदानको अवस्थामा पूर्ण जानकार रहेको बताए ।

यस्तै बागलुङका कप्तान प्रमेश थापाले चौदण्डीगढीको खेल हेर्दा उनीहरुको टेक्नीकल र पास राम्रो रहेकोले आफुहरुले उनीहरुको पासलाई सफल हुन नदिने बताए । कप्तान थापाले आफ्नो वेष्ट दिने बताउँदै । आज सेमिफाइनलमा तनहुँसँग पहिले पनि खेलेको र उनीहरुको युवा केटाहरु रहेको र फाष्ट खेल रहेकाले आफुहरु सोलो हुँदा केहि दबाब भएको बताए । उनीहरुमा स्टामिना र टेक्निकलमा राम्रो भएपनि आफुहरुमा अनुभावका कारण आज जित भएको बताए ।
प्रेस कन्फरेन्समा जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङलाई दुवै टिमले अनुशासनमा रहि उत्कृष्ट खेल्न शुभकामना दिनुभयो ।
बागलुङका आशिष केसीले फाइनल खेल गुमाउने भएका छन् । केसीले सेमिफाइनल खेलमा दोहोरो पहेलो कार्डसहित रातो कार्ड खाँदै बाहिरिएका कारण फाइनल खेल गुमाउने भएका हुन् । केसीले तनहुँका खेलाडीलाई फल गरि र पेनाल्टीमा गोल गरेपछि खुसि मनाउँदा जर्सि फुकालेपछि दोहोरो पहेलो कार्ड खाएका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here