चीनले दस दिनमा बनायो हजार शैय्याको अस्पताल

वुहान, २० माघ ।
महामारीको रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न चीनले दस दिनमा हजार शैय्याको अस्पताल निर्माण सम्पन्न गरेको छ। हुबेई प्रान्तको राजधानी वुहानमा सो अस्थायी अस्पताल तयार पारिएको हो ।
हुवोशेशान अस्पतालको निर्माण आइतबार सकिएको हो। उक्त अस्पतालमा कोरोना भाइरसका संक्रमित बिरामीको उपचार गरिने बताइएको छ ।
नव निर्मित अस्पतालमा उपचारका लागि १,४०० जना सेनाका चिकित्सक खटाइएको छ । नव निर्मित अस्पतालमा सोमबारदेखि उपचार सुरु गरिने बताइएको छ ।
यसैगरी अर्को १,६०० शैय्याको अस्पताल पनि बनाउने चीनले घाेषणा गरेको छ। उक्त अस्पतालको निर्माण फेब्रुअरी ६ देखि सुरु हुने बताइएको छ ।
चीनमा आइतबारसम्मको तथ्यांकमा ३६१ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाइसकेका छन् । आइतबार ५७ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । त्यस्तै २,८२९ जना नयाँ सङ्क्रमित बिरामी थपिएका छन्। यससँगै चीनमा सङ्क्रमित हुनेको संख्या १७,२०५ पुगेको छ ।
आइतबार मात्रै चीनबाहिर फिलिपिन्समा भाइरसका कारण एक पुरुषको ज्यान गएको थियो ।

चीनले दस दिनमा बनायो यस्तो अस्पताल

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here