बागलुङ मेयर कप फुटबलको सेमिफाइनलमा प्रवेश

baglung

अर्जुन कार्की
बागलुङ, १८ माघ ।
आयोजक बागलुङ नगरपालिका बागलुङमा जारी दोस्रो मेयर कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार बागलुङले आफ्नै जिल्लाको गल्कोट गरपालिकालाई ७–० ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । विजयी टोलीका लागि ध्रुब घिमिरले ४, आशिष केसीले २ र गोविन थापाले १ गोल गरे । खेलको ३१ औं मिनेटमा कप्तान प्रमेश थापालाई परिवर्तन गर्दै मैदान प्रवेश गरेका आशिषले ३९ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।गोविनले ४२ औं मिनेटमा गोल गर्दा बागलुङले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो । ध्रुबले खेलको ५७ औं, ६२ औं र ६८ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै ह्याट्रिक पुरा गरे । उनले ७२ औं मिनेटमा अर्को गोल थपे । इन्ज्युरी समयमा आशिषले गोल थपे । ध्रुब खेलेको म्यान अफ दी म्याच बनेर उनले २ हजार रुपैयाँ प्राप्त गरे ।

पहिलो हाफमा बागलुङका खेलाडीले पेनाल्टी बक्समा फाउल गेपछि गल्कोटले पेनाल्टी पाएको थियो । तर, कप्तान जीवन बुढाथोकीको प्रहार बागलुङका गोलरक्षक सौगात खड्काले रोके । प्रतियोगितामा आइतबार पहिलो खेल बेनी नगरपालिका म्याग्दी विरुद्ध पोखरा महानगरपालिका तथा दोस्रो खेल चौदण्डीगढी नगरपालिका, उदयपुर विरुद्ध जैमिनी नगरपालिका बागलुङबीच प्रतिस्पर्धा हुनेछ ।

बागलुङ नगरपालिकाको आयोजना र जिल्ला फुटबल संघ बागलुङको समन्वयमा संचालित प्रतियोगिताको विजेताले उपाधिसहित ३ लाख, दोस्रोले २ लाख र सेमिफाइनल पुग्ने टोलीले समान ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले दश हजार तथा उत्कृष्ट फरवार्ड, मिडफिल्डर, डिफेन्डर, गोलकिपर र उच्च गोलकर्ताले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल २१ गते हुनेछ ।

 


गल्कोट गरपालिका

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here