भीमाद नगरपालिका तनहुँ मेयर कप फुटबलको सेमिफाइनलमा प्रवेश

अर्जुन कार्की
बागलुङ, १८ माघ ।
भीमाद नगरपालिका तनहुँ बागलुङ बजारमा जारी दोस्रो मेयर कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार तुलसीपुर नगरपालिका दाङ उपस्थित नभएपछि भीमाद नगरपालिका सिधै सेमिफाइनलमा प्रवेश गरेको प्रतियोगिताका म्याच कमिशनर विकास थापाले जानकारी दिए । उनले तुलसीपुरले प्रतियोगितामा नाम दर्ता गराएपनि अन्तिम समयमा उपस्थित नभएको बताए ।
प्रतियोगितामा आजै २ः३० बजे सेमिफाइनल प्रवेशको लागि बागलुङ नगरपालिका र गल्कोट नगरपालिका विच प्रतिस्पर्धा हुनेछ ।
बागलुङ नगरपालिकाको आयोजना र जिल्ला फुटबल संघ बागलुङको समन्वयमा संचालित प्रतियोगिताको विजेताले उपाधिसहित ३ लाख, दोस्रोले २ लाख र सेमिफाइनल पुग्ने समान ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले दश हजार तथा उत्कृष्ट फरवार्ड, मिडफिल्डर, डिफेन्डर, गोलकिपर र उच्च गोलकर्ताले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here