
बल बहादुर रोका
बागलुङ, १८ माघ ।
काठेखोला गाउँपालिका–८ लेखानी काठेखोला–३ धम्जामा जारी प्रथम अध्यक्ष कप भलिबल प्रतियोगितामाको फाइनलमा प्रवेश गरेको छ।
शनिबार (आज) भएको पहिलो सेमिफाइनल खेलमा लेखानीले काठेखोला–२ भीमापोखरालाई ३–१ को सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।
लेखानीले पहिलो र दोस्रो सेट समान २७–२५ ले जितेको थियो भने तेस्रो सेटमा भीमापोरखले २५–२३ को जित निकाल्यो । चौथो सेटमा लेखानीले २५–१५ ले जित्दै उपाधि नजिक पुगेको हो ।
प्रतियोगिता अन्तरगत अहिले काठेखोला–७ रेश रातो विरुद्ध काठेखोला–३ धम्जा निलो विच दोस्रो सेमिफाइनल खेल भइरहेको छ । यस खेलको विजेताले आजै लेखानीसँग उपाधिको लागि प्रतिस्पर्धा गर्ने छ ।
काठेखोला गाउँपालिकाको आयोजना र कला, संस्कृति तथा खेलकुद विकास समिति काठेखोला गाउँपालिको सहआयोजनामा संचालित प्रतियोगिताको विजेताले एक लाख ३२ हजार र उपविजेताले ८० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।










