
बागलुङ, १७ माघ ।
काठेखोला गाउँपालिका–५ विहुँका समिति परियार काठेखोला लोकतारा–२०७६ बनेका छन् ।
काठेखोला गाउँपालिकाको आयोजना र कला, संस्कृति तथा खेलकुद विकास समिति काठेखोला गाउँपालिको सहआयोजनामा काठेखोला–३ धम्जामा भएको प्रथम अध्यक्ष कप एवं साँगीतिक प्रतियोगतिामा आयोजित काठेखोला लोकतारा–२०७६ गायन प्रतियोगितामा परियारले प्रथम स्थान प्राप्त गरेका हुन् ।
गाउँपालिका भित्र रहेका नयाँ प्रतिभाहरुलाई प्रस्फुटन गराउने उद्देश्यले आयोजित प्रतियोगिताको फाइनल चरण आज (शुक्रबार) धम्जामा सम्पन्न भएको हो । ३ सय पूर्ण अंक रहेको गायन प्रतियोगितामा परियारले २ सय ३७ अंक ल्याएर प्रथम भए ।

यस्तै गायन प्रतियोगितामा काठेखोला–५ विहुँकै शान्त सुनार फष्ट रनरअफ र काठेखोला–६ विहुँका गंगा बहादुर सुनार सेकेन्ड रनरअप भए ।
लोकतारामा प्रथम भएका परियारले ३० हजार, फष्ट रनरअफ सुनारले २० हजार, सेकेन्ड रनरअप सुनारले १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
लोकतारामा पहिलो चरणमा ४३ जनाको सहभागिता रहे पनि २५ जना दोस्रो चरणमा प्रवेश गरेका थिए । १० गते भएको दोस्रो चरणबाट फाइनल राउण्डमा ७ जना पुगेका थिए ।










