
बागलुङ, १७ माघ ।
प्रथम अध्यक्ष कप भलिबल एवं सांगीतिक प्रतियोगितामा आयोजित धम्जा देउरालीदेखि बेलढुंगासम्मको दौडमा काठेखोला–३ धम्जाका कृष्ण थापा मगर प्रथम भएका छन् ।
७ किलोमिटर दौडमा काठेखोला–४ तंग्रामका विपिन थापा द्धितिय र पर्वत खत्री तृतीय भएका छन् । काठेखोला गाउँपालिकाको आयोजना र कला, संस्कृति तथा खेलकुद विकास समिति काठेखोला गाउँपालिको सहआयोजनामा संचालित दौड प्रतियोगितामा १८ जनाको सहभागिता रहेको थियो ।
प्रतियोगिताको प्रथमले ८ हजार, द्धितियले ५ हजार र तृतीय हुनेले ४ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
यस्तै आज (शुक्रबार) वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा अमर माध्यमिक विद्यालयका प्रकाश सुवेदी प्रथम, भीमसेन माध्यमिक विद्यालयका सविना कार्की द्धितिय र जनकल्याण माविका समिक्षा बोहोराले तृतीय स्थान हासिल गरेका छन् ।
प्रतियोगितामा प्रथम हुने सुवेदीले १० हजार, द्धितिय हुने कार्कीले ७ हजार र तृतीय हुने बोहोराले ५ हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगितामा काठेखोला गाउँपालिका भित्रका १९ विद्यालयहरुको सहभागिता रहेको थियो ।
यस्तै शुक्रबार नै सम्पन्न छेलो प्रतियोगितामा रेशका दिल बहादुर कार्कीले जितेका छन् । कार्कीले ८ केजीको फलामको डल्लो ३७४.७ फिट टाढा फालेका थिए । उनले ३ हजार ५ सय रुपैयाँ प्राप्त गरेका छन् ।










