तमानखोलामा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु

बागलुङ, १७ माघ ।
बागलुङमा तमानखोला गाउँपालिका–१ बोङगादोभान घरायसी विवादमा श्रीमान–श्रीमतीबीच कुटाकुट हुँदा श्रीमानको मृत्यु भएको छ ।
तमानखोला गाउँपालिका वडा नम्बर १ का ६४ वर्षीय रविलाल विकको ६० वर्षिय जमुना विकको कुटाईबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
झगडामा श्रीमतिले धकेल्दा रविलालको टाउ घरको भित्तामा ठोक्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक हेम केसीले जानकारी दिनुभयो । बुधबार राति घरको गार्होमा ठोक्किाएर घटनास्थलमै मृत्यु भएको थियो ।
घटना पछि प्रहरीले मृतककी श्रीमती जमुनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको जनाइएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here