
बल बहादुर रोका
बागलुङ, १७ माघ ।
काठेखोला गाउँपालिका–३ धम्जामा जारी प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ ।
प्रतियोगिता अन्तरगत शुक्रबार रेश रातो, धम्जा निलो, भीमापोखरा रातो र लेखानी रातोले जित हातपार्दै सेमिफाइनल प्रवेश गरेका छन् ।
शुक्रबार भएको पहिलो क्वाटरफाइनल खेलमा काठेखोला–७ रेशको निलोले काठेखोला–४ तंग्रामको रातो टिमलाई २–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । रेशले पहिलो सेट २५–२३ र दोस्रो सेट २५–१४ ले जित निकाल्यो ।
यस्तै दोस्रो क्वाटरफाइनल खेलमा काठेखोला–८ लेखानीको रातोले काठेखोला–१ पालाको निलो टिमलाई २–० को सोझो सेटमा पराजित गरेको थियो । लेखानीले पहिलो सेटमा २५–१६ र दोस्रो सेटमा २५–१९ ले जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ ।
तेस्रो क्वाटरफाइनल खेलमा काठेखोला–३ धम्जाले काठेखोला–२ भीमापोखरा निलो टिमलाई २–० कै सोझो सेटमा पराजित ग¥यो । धम्जाले पहिलो सेट २५–२१ र दोस्रो सेट २५–१९ ले आफ्नो पक्ष्यमा पार्दै सेमिफाइनलमा प्रवेश ग¥यो ।
यस्तै अन्तिम क्वाटरफाइन खेलमा काठेखोला–२ भीमापोखराको रातो टिमले काठेखोला–४ तंग्रामको निलो टिमलाई २–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइन प्रवेश गरेको छ । भीमापोखराले पहिलो सेट २५–१६ र दोस्रो सेट २५–१७ ले तंग्रामलाई पराजित गर्यो ।
प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल भोली हुनेछ । भोली पहिलो सेमिफाइन खेल काठेखोला–७ रेश रातो विरुद्ध काठेखोला–३ धम्जा निलो र दोस्रो सेमिफाइनल खेल काठेखोला–२ भीमापोखरा रातो विरुद्ध काठेखोला–८ लेखानी रातोका विच हुनेछ ।
काठेखोला गाउँपालिकाको आयोजना र कला, संस्कृति तथा खेलकुद विकास समिति काठेखोला गाउँपालिको सहआयोजनामा संचालित प्रतियोगिता अन्तरगत भलिबल खेलमा ८ वडाका १५ टिमको सहभागिता रहेको थियो ।
भलिबल खेलको विजेताले एक लाख ३२ हजार र उपविजेताले ८० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।










