
भरत प्रसाद सापकोटा
बागलुङ, १७ माघ ।
अमर माध्यमिक विद्यालय काठेखोला गाउँपालिका–५ विहुँको ५४ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस ४ दिने विविध कार्यक्रमका साथ बिहीबार सम्पन्न गरिएको छ ।
कार्यक्रमको विहिबार आयोजित मूल समारोहमा बोल्दै संस्थापक एवं पुर्व गाबिस अध्यक्ष कमलापति कंडेलले शिक्षाले समाजमा चेतनाको ज्योति छर्ने हुनाले शिक्षा समाज परिवर्तनको अभिन्न अङ्ग रहेको बताए ।
कार्यक्रममा बिद्यालय प्रधानाध्यापक भीष्म कँडेलले विद्यालयका वर्तमान अवस्था, आगामी योजना र ४ करोडको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

मुल समारोहमा बार्षिकोत्सवमा विद्यालयले आयोजना गरेका विविध आन्तरिक कार्यक्रमका प्रथम , द्वितीय, र तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । यस्तै विद्यालयको अर्धवार्षिक परीक्षामा प्रथम, द्वितीय, तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कार र कक्षा ११ र १२ मा अध्ययनरत गरिव तथा जेहेन्दार १२ जना विद्यार्थीहरूलाइ छात्रवृत्ति विद्यार्थी प्रदान गरि गरिएको थियो ।
।वार्षिकोत्सब समारोहमा विद्यालयका शिक्षिक राधा शर्मालाई यस वर्षको उत्कृष्ट शिक्षकको रूपमा सम्मानित गरेको थियोे ।
कर्यक्रममा रामानन्द कंडेल, प्रेम पुन, नन्दलाल विक, खगिसरा न्यौपाने, ज्ञामनाथ कँडेल, ज्ञानकुमारी शर्मा, पूर्व विव्यस अध्यक्ष नविन प्रसाद कंडेल, नारायण प्रसाद कंडेल, अध्यक्षकोषका तर्फबाट गौरिशंकर सुवेदी, पूर्व विद्यार्थीहरु लिलाधर ढुंगाना, गंगाप्रसाद कंडेल, लिलाधर कंडेल, राजु सापकोटा र विद्यार्थीहरु प्रकाश सुवेदी र सालिम विकले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद कँडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सहायक प्रधानाध्यापक रघुपति शर्माको स्वागत मन्तव्य, शिक्षक गणेश प्रसाद कँडेलको संचालन रहेको थियो ।










