अध्यक्ष कपको दोस्रो दिन पुरुष भलिवल सुरु

बागलुङ, १६ माघ ।
बागलुङको काठेखोला गाउँपालिकामा–३ धम्जामा जारी प्रथम अध्यक्ष कप भलिबल तथा साँस्कृतिक प्रतियोगीतामा बिहिबारदेखि पुरुष भलिबल खेल सुरु भएको छ ।
पहिलो खेल काठेखोला गाउँपालिका– ८ लेखानी रातो विरुद्ध वडा नम्वर–७ रेश रातो बिच प्रतिस्पर्धा खेलमा लेखानी बिजय भएको छ । लेखानी रातोले पहिलो सेट ३०–२८ र दोर्सो सेट २५–२० ले बिजय भएको थियो ।
दोर्सो खेलमा काठेखोला गाउँपालिका–१ पाला रातो र वडा नम्वर–२ भिमापोखरा निलो बिच भएको खेलमा भिमापोखरा निलो बिजय सुरुवात गरेको छ । भिमापोखरा निलोले पहिले सेट २५–२२ र र दोर्सो सेट २५–२३ को जित निकालेको थियो ।
त्यस्तै तेर्सो खेलमा काठेखोला गाउपालिका–१ पाला निलो र वडा नम्वर–५ रातो बिच भएको खेलमा पहिलो सेट पाला निलोले पहिलो सेट २५–१९ र दोर्सो सेट २५–२० ले जित्दै क्वाटरफाइनल प्रवेश गरेको छ ।


बिहिबार नै सम्पन्न चौथोे खेल काठेखोला गाउँपालिका–३ धम्जा र वडा नम्वर–५ रातो बिचको खेलमा धम्जाले २५–२१ र दोर्सो सेट बिहुले २५–२३ को जित निकालेको थियो । तेर्सो सेटमा धम्जा बिहुँलाई २५–१७ ले पछि पार्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
पाँचौ खेलमा वडा नम्वर–२ भिमापोखरा रातो विरुद्ध वडा नम्वर–६ बिन्हु बिच भएको खेलमा भिमापोखरा बिजय भएको छ । भिमापोखराले पहिलो सेट २५–१९ र दोर्सो सेट २५–१२ अंकको सोझो जित निकालेको थियो ।
छैठो खेलमा काठेखोला गाउपालिका–७ रेश निलो विरुद्ध वडा नम्वर–७ड लेखानी निलो बिच भएको खेलमा रेश रातो बिजय भएको छ । पहिलो सेट रेशले २५–१९ र दोर्सो सेट २५–२३ ले बिजय हुँदै क्वाटरफाइनल प्रवेश गरेको छ । बाँकी खेल शुक्रवार बिहान ड बजे देखि सन्चालन हुने भलिबल सम्योजक बाबुराम भण्डारीले जानकारी दिनुभयो ।
त्यस्तै अध्यक्ष कपको अवसरमा आयोजना गरिएको अन्तरविद्यालय स्तरिय सामुहिक नृत्य प्रतियोगितामा लालिगुरास इङलिस बोडिङ स्कुल प्रथम, अमर उच्च माध्यमिक विद्यालय द्धितीय र नारायणी मावी तृतिय भएका छन ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here