प्रथम अध्यक्ष कप भलिबल तथा साँगितीक प्रतियोगिता धम्जामा सुरु

बल बहादुर रोका
बागलुङ, १५ माघ ।
बागलुङको काठेखोला गाउपालिकामा बुधबार (आज)देखि प्रथम अध्यक्ष कप भलिवल तथा साँगितीक प्रतियोगिता सुरु भएको छ ।
गाउँपालिकाको आयोजनामा शुरु भएको प्रतियोगितको उद्घाटनपछि बोल्दै काठेखोला गाउपालिकाका अध्यक्ष अमर थापाले बिकाशसँगै पालिकामा भएका सस्कृतिलाइ जोगाउनका लागि साँस्कृतिक कार्यक्रमले सहयोग पु¥याउने बताउनुभयो ।


उहाले काठेखोला गाउपालिका भित्रका भलिवल खेलाडिलाई पेशेवर खेलाडी उत्पादन गर्न अध्यक्ष कपले सहयोग पुग्ने बताउनुभयो । उहाँले कार्यक्रमले भ्रमण बर्षलाई भव्य एवँ सभ्य रुपमा सम्पन्न गर्नका लागि गाउँपालिकाले हरेक क्षेत्रवाट सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश सदस्य हिराबहादुर केसी, नेपाली काँग्रेसकी ज्ञानकुमारी शर्मा श्रीस, नेकपा काठेखोला गाउँकमिटिका अध्यक्ष दिलबहादुर कार्की, नेपाली काँग्रेस काठेखोलाका अध्यक्ष ज्ञाननाथ कंडेल, राष्ट्रिय जनमोर्चाका काठेखोला गाँउपालिकाका अध्यक्ष लक्ष्मण पुन, नेपाल पत्रकार महासघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीष र काठेखोला गाउपालिका ३ का वडाअध्यक्ष याम बहादुर श्रीसले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।


कार्यक्रम काठेखोला गाउपालिका प्रमुख प्रशासकिय अधिकृत खिमबहादुर बिकको स्वागत र नायव सुब्बा मनोज कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।
बुधवार नै भएको सोरठी प्रतियोगितामा काँठेखोला गाउपालिका ४ को ठूलोगाउँ प्रथम, झुलेनी होमस्टे द्धितीय र शिवधुरी होमस्टे तृतीय भएका छन् ।


प्रतियोगितामा ७ समुहको सहभागिता रहेको थियो । सोरठी प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार, द्धितीयलाई २० हजार र तृतीय हुनेलाई १० हजार पुरस्कार व्यवस्था गरिएको छ ।


कला, संस्कृति तथा खेलकुद विकास समिति काठेखोला गाउँपालिकाको संयोजनमा माघ १८ गतेसम्म संचालन हुने प्रतियोगितामा अध्यक्ष कप भलिबल प्रतियोगितासँगै काठेखोला लोकतारा–२०७६ (गायन), सोरठी प्रतियोगिता–२०७६, विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता, छेलो प्रतियोगिता, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, धम्जा देउरालीदेखि बेलढुंगासम्म दौड प्रतियोगिता, जनप्रतिनिधि कर्मचारी संयोजन समितिबिच मैत्रिपूर्ण भलिबल खेल हुने बताइएको छ ।


८ वडाका १५ समुहले सहभागी जनाएको भलिवल प्रतियोगिता बिहीबारवाट सञ्चालन हुने कार्यपालिका सदस्य टिकासँगम बिकले जानकारी दिनुभयो । उद्घाटन खेल वडा नम्बर ७ रेशको रातो र वडा नम्बर ८ लेखानीको रातो टिमबिच हुनेछ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here