महासंघको सदस्यता शुद्धिकरण अभियानः पुराना छ जना पत्रकारलाई मानार्थ सदस्यता

बागलुङ, १४ माघ ।
सदस्यता शुद्धिकरण अभियानमा जुटेको नेपाल पत्रकार महासंघ बागलुङ शाखाले बागलुङको पत्रकारिता र महासंघको संस्थागत विकासमा योग्दान पु¥याउने पुराना पत्रकारलाई मानार्थ सदस्यता प्रदान गर्ने निर्णय गरेको छ ।
नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषको अध्यक्षतामा मंगलबार सम्पन्न बैठकले हाल सक्रिया पत्रकारितामा नरहेका सदस्य श्रीप्रसाद शर्मा, पद्यमनाथ शर्मा, विश्वनाथ रेग्मी, निरञ्जनलाल राजभण्डारी, हिराबहादुर केसी र टेकबहादुर क्षेत्रीलाई मानार्थ सदस्यता प्रदान गर्ने निर्णय गरेको हो ।
यस अघि महासंघले सदस्यता लिएर पनि पछिल्लो समय पत्रकारितामा निष्कृय रहेका सदस्यलाई स्वेच्छिक रुपमा सदस्यता त्याग गर्न आह्वान गरेको थियो । आफ्नो कालखण्डमा पत्रकारिता र पत्रकार महासघमा महत्वपूर्ण योगदान पु¥याएका व्यक्तिलाई महासङ्घले मानार्थ सदस्यता दिने व्यवस्था गरेको थियो ।
सदस्यता नवीकरणसम्बन्धी कार्यविधि–२०७६ अनुसार निर्वाचित जनप्रतिनिधि, निजामती कर्मचारी र राजनीतिक दलका प्रदेश र जिल्ला तहका पदाधिकारीसहित ११ जनाको सदस्यता नवीकरण नगर्ने निर्णय गरिएको शाखाले जनाएको छ ।
महासंघले विदेशमा रहेका सदस्यको समेत जिल्लामा सदस्यता नवीकरण नगर्ने निर्णय गरेको शाखा अध्यक्ष दिल शिरीषले जानकारी दिनुभयो । “विदेशमा रहेका सदस्यको हकमा सम्बन्धित देशमै रहेका महासघका शाखामा सदस्यता स्थानान्तरण गर्ने निर्णय भएको छ”, उहाँले भन्नुभयो ।
शाखामा आबद्ध २६ सदस्य हाल विदेशमा छन ्। महासघाई श्रमजीवी पत्रकारको साझा, व्यावसायिक र मर्यादित संस्थाको रुपमा स्थापित गर्न सङ्गठन शुद्धीकरण अभियान शुरुआत गरिएको शाखाले जनाएको छ ।
शाखाले सदस्यता नवीकरणमा समेत कडाइ गर्ने भएको छ । सदस्यता नवीकरणका लागि नियुक्तिपत्र, क्रियाशीलताको प्रमाणपत्रलगायतका कागजात अनिवार्य गरिएको छ । शाखामा हाल १८१ सदस्य आबद्ध छन् ।
बैठकले नयाँ सदस्यका लागि जिल्लामा रहेका दैनिक, साप्ताहिक अनलाईन पत्रिका तथा एफएम रेडियोमा क्रियाशिल १९ जना नयाँ पत्रकारलाई सदस्यताको लागि सिफारिस गर्ने निर्णय गरेको सचिव राम थापा ‘अविरल’ले जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here