
बागलुङ, १३ माघ ।
बागलुङको काठेखोला गाउँपालिकाले आयोजना गरेको प्रथम गाउँपालिका अध्यक्ष कप भलिबल तथा साँस्कृतिक कार्यक्रम व्यवस्थापनको लागि सचिवालय तथा विभिन्न उपसमिति गठन गरेको छ ।
गाउँपालिका अध्यक्ष अमरबहादुर थापाको अध्यक्षतामा सम्पन्न स्थानीयसँगको बैठकले सचिवालय र उपसमिति गठन गरेको हो । बैठकले गाउँपालिका अध्यक्ष अमरबहादुर थापाको संयोजकत्वमा सचिवालय गठन गरेको छ । सचिवालयको सदस्यमा प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विक, कार्यपालिका सदस्य टिका संगम विक, खेलकुद सहसंयोजक विक्रम शर्मा र सूर्य भण्डारी रहनुभएको छ ।
भलिबल खेल संचालनको लागि बाबुराम भण्डारीको संयोजकत्वमा भलिबल विभाग गठन गरिएको छ । उपसमितिको सदस्य डिलबहादुर कार्की र विश्व गौतम रहनुभएको छ । मेलामा आयोजित सोरठी गीत तथा नृत्य व्यवस्थापन समितिको संयोजकमा प्रेम श्रीस सदस्यमा खिमबहादुर छन्त्याल र देवी श्रीस रहनुभएको छ ।
लोकतारा उपसमितिको संयोजकमा विक्रम शर्मा सदस्यमा हिमाल श्रेष्ठ, भक्त कुँवर रहनुभएको छ । गजल तारा उपसमितिको संयोजकमा सुकमाया पुन सदस्यमा गंगा थापा र गणेश नेपाली रहेको नायव सुब्बा मनोज कार्कीले जानकारी दिनुभयो ।
वक्तृत्वकला उपसमितिको संयोजकमा कृष्णप्रसाद कँडेल र सदस्यमा डिलबहादुर कार्की र दिपक थापा रहनुभएको छ । प्रचार प्रसार उपसमिति संयोजकमा सूर्य भण्डारी रहनुभएको छ भने समितिमा प्रत्येक वडाबाट १५ जनाका दरले १२० सदस्य रहने छन् ।
अतिथी सत्कार उपसमितिको संयोजकमा खिमबहादुर विक, सदस्यमा मनोज कार्की, विक्रम शर्मा रहेको कार्यपालिका सदस्य टिकासंगम विकले बताउनुभयो । स्वयमसेवक उपसमितिको संयोजकमा निर्मल थापा, सदस्यमा खुम भण्डारी, गिरी पुन र मञ्च व्यवस्थापन उपसमितिको संयोजकमा सूर्य भण्डारी र सदस्यमा ओमबहादुर कार्की र ईश्वर श्रेष्ठ रहनुभएको छ ।










