पत्रकार महासंघको सदस्यता शुद्धिकरणमा गर्ने संगठनको प्रतिबद्धता

बागलुङ, १३ माघ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा बागलुङले संचालन गरेको सदस्यता शुद्धिकरण अभियानमा जिल्लामा क्रियाशिल पत्रकार संघ संगठनले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषको अध्यक्षतामा सोमबार सम्पन्न पुर्वध्याक्ष तथा संगठन प्रमुखहरुको बैठकले महासंघको पुरानो सदस्यता शुद्धिकरण र नयाँ सदस्य वितरणमा सहयोग गर्ने निर्णय गरेको हो ।
बैठकले पुरानो सदस्यता नवीकरणको लागि क्रियाशिलताको सिफारिस र प्रमाण पेश गरे पछि मात्रा नवीकरण गर्न कार्य समितिलाई सुझाव दिने निर्णय गरेको सचिव राम थापा ‘अविरल’ले जानकारी दिनुभयो ।
‘पैसा तिरेर मात्रा सदस्यता नवीकरण गर्नु उपयुक्त होईन’ प्रेस संगठन बागलुङका संयोजक उमाकान्त शर्माले भन्नुभयो–‘महासंघलाई चलायमान र गतिशिल बनाउन क्रियाशिल सदस्यको मात्रा नवीकरण गर्नुपर्छ ।’ चुनावलाई लक्षित गरी वितरण गर्ने सदस्यताले संस्थाका गरिमा उचो राख्दैन’– उहाँले भन्नुभयो–‘महासंघको शुद्धिकरण अभियानमा सहयोग छौँ ।’
प्रेस युनियन बागलुङका अध्यक्ष प्रदिप पन्तले महासंघलाई क्रियाशिल पत्रकारको साँझा मञ्च बनाउने विषयमा सहयोग गर्ने प्रद्धिबता जनाउनुभयो । ‘अब सदस्यता शुद्धिकरणको विकल्प छैन’ उहाँले भन्नुभयो–‘सबै संगठनले क्रियाशितालाई पहिलो आधार बनौँ ।’
प्रगतिशिल पत्रकार संघ बागलुङका अध्यक्ष राम सुवेदीले पत्रकारिता क्षेत्रमा क्रियाशिल व्यक्तिको मात्रा नवीकरण र नयाँ वितरण गर्नुपर्नेमा सुझाव राख्नुभएको थियो । बैठकमा बोल्दै महासंघका पूर्वध्याक्ष रामबहादुर जिसी र राजेशचन्द्र राजभण्डारीले नवीकरण र नयाँ वितरणमा संस्थाका गरिमालाई ध्यानमा राखेर काम गर्न सुझाव दिनुभयो ।
नेपाल पत्रकार महासंघ बागलुङले शुद्वीकरण अभियान अन्तर्गत शाखा सदस्य रहेका निर्वाचित जनप्रतिनिधि, निजामति कर्मचारी र राजनीतिक दलका प्रदेश र जिल्ला तहका पदाधिकारीको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो ।
महासंघलाई श्रमजीवी पत्रकारको साझा, व्यवसायिक र मर्यादित संस्थाको रुपमा स्थापित गर्न शुद्धिकरणको निर्णय गरेको महासंघका अध्यक्ष दिल शिरीषले बताउनुभयो । महासंघले बिदेश गएकाको पनि सदस्यता नवीकरण नगर्ने र स्थान्तरण गर्न चाहेमा सम्बन्धित देशमा स्थान्तरणका लागि सिफारिस गर्ने निर्णय सचिव थापाको भनाई छ । ।
पत्रकार महासंघको नयाँ सदस्यता तथा नवीकरण सम्बन्धी केन्द्रीय समितिको पछिल्लो कार्य्विधि र सर्कुलर अनुसार १२ जना जनप्रतिनिधि, निजामति कर्मचारी र राजनीतिक दलका पार्टी पदाधिकारीको सदस्यता नवीकरण नगर्ने निर्णय भएको पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषको भनाई छ ।
उनका अनुसार, २६ जना बिदेशमा रहेका पत्रकारको नवीकरण नगर्ने र सम्बन्धित सदस्य कार्यरत रहेको देशमा सदस्यता स्थान्तरण गर्न सिफारिस गरिनेछ । ‘पत्रकार महासंघको सदस्यता लिएपछि त्यो आजीवन जस्तो हुने प्रवृत्ति अहिले विद्यमान छ ।
पहिले आफ्नो कालखण्डमा पत्रकारिता र पत्रकार महासंघमा महत्वपूर्ण योगदान र भुमिका खेलेका व्यक्तिहरुलाई पत्रकार महासंघले मानार्थ सदस्यता दिने व्यवस्था गरेकाले स्वेच्छिक सदस्यता त्याग समेत गरेर यो वर्ष ५० जना जति सदस्य हट्ने सम्भावना छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here