बोबाङ र बुर्तिबाङमा ओठ तथा तालु फाटेकाहरुको लागि निःशुल्क शिविर सम्पन्न

बागलुङ, १२ माघ ।
बागलुङको बोबाङ र बुर्तिबाङमा जन्मिदै ओठ तथा तालु (जिब्रो भन्दा माथिं फाटेकाहरुको निःशुल्क प्लाष्टिक सर्जरी सेवाको लागि छनोट शिविर सम्पन्न भएको छ ।
बि एण्ड बि अस्पताल काठमाडौंको प्लाष्टिक, कस्मेटिक एण्ड मेक्जीलोफेसियल सर्जरीको आयोजनामा शुक्रबार बोबाङ र आईतबार बुर्तिबाङमा शिविर सम्पन्न भएको हो । शिविरबाट शल्याक्रियाको लागि बोबाङमा ५ जना र बुर्तिबाङमा ४ जना विरामीहरु छनोट भएको कार्यक्रम संयोजक रामकुमार के.सी.ले जानकारी दिनुभयो ।
बोबाङमा १६ जनाको सहभागि रहेकोमा ५ जना र बुर्तिबाङमा १२ जनाको सहभागिता रहेकोमा ४ जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको कार्यक्रम संयोजक केसीले बताउनुभयो । उहाँले शल्याक्रिया गर्नुपर्ने विरामीहरुलाई सवै खर्च अस्पतालले व्यहोर्ने र एक जना कुरुवाको पनि आउनेजाने र बस्ने खर्च व्यहोर्ने बताउनुभयो ।
बागलुङ नगरपालिका, गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका, अपाङ्गता सरोकार संघ बागलुङ र नेत्र हिन संघ बागलुङको स्थानीय आयोजनामा संचालन गरिएको शिविर सोमबार गल्कोट हटियाको स्वास्थ्य चौकी र मंगलबार बागलुङ बजारको धौलागिरी अञ्चल अस्पतालमा हुनेछ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here