अमर प्राविको विव्यस अध्यक्षमा घर्ती चयन

पूर्णभद्र निउरे
बागलुङ (ताराखोला), १० माघ ।
अमर प्राथमिक विद्यालय ताराखोला गाउँपालिका–२ अर्गल सिलेको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चित्रबहादुर घर्ती चयन हुनुभएको छ ।
विद्यालयमा शुक्रबार सम्पन्न अभिभावकहरुको भेलाले घर्तीको अध्यक्षतामा ७ सदस्य विद्यालय व्यवस्थापन समिति चयन गरेको छ । समितिको सदस्यहरुमा लक्ष्मी वि.क., मिना घर्ती, कौशिला सुवेदी, लालबहादुर दर्जी, पदेन सदस्य भद्र बहादुर घर्ती, शिक्षक प्रतिनिधिमा दुर्गाबहादुर रोका र सदस्य सचिवमा प्रधानाध्यापक कृष्ण गौतम चयन हुनुभएको छ ।
भेलाले हर्क बहादुर रोका, टेकबहादुर खत्री र प्रमानन्द गौतमलाई सल्लाहकार चयन गरिएको छ ।
यस्तै हर्क बहादुर रोकाको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरिएको छ । संघको सदस्यहरुमा तुलसी रोका, कौशिला खत्री, निमकली कंडेल, अमृता वि.क., पवित्रा सापकोटा, दिलमाया घर्ती, श्याम बहादुर रोका, भागिरथ सुवेदी, पेदन सदस्यमा चित्रबहादुर घर्ती र सदस्य सचिवमा सुनकलि रोका रहनुभएको छ
कार्यक्रममा बिद्यालयका पूर्वप्रधानाध्यापक प्रमानन्द गौतमले आफ्ना स्वर्गिय बुवा गङ्गाधर गौतमको स्मृतिमा १ लाख ७० हजारको अक्षयकोष स्थापना गर्नुभएको छ ।
भेलाा निबर्तमान बि.व्य.स. अध्यक्ष टेक बहादुर खत्रीको अध्यक्षता, शिक्षक भिम बहादुर घर्तीको संचालन र दुर्गा बहादुर रोकाको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here