
बागलुङ, १० माघ ।
बागलुङको काठेखोला गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले विज्ञान र प्रविधिमा आएको परिवर्तनसँगै पाठ्यक्रमलाई पनि समय सापेक्ष बनाउनु पर्ने बताउनुभएको छ ।
लक्ष्मी मावि धम्जाको ३९औँ वार्षिकोत्सवको मुल समारोहको उद्घाटन पछि बोल्दै अध्यक्ष थापाले विद्यालय शिक्षालाई समय सापेक्ष बनाउन नसके विश्व प्रतिस्पर्धामा उत्र्रन नसकिने बताउनुभयो ।
अध्यक्ष थापाले गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि पालिकाले नीतिगत सुधार तथा भौतिक व्यवस्थापनमा उचित ध्यान दिने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य नैनाकुमारी खडका, स्रोतव्यक्ति पूर्णप्रसाद ढुङ्गाना, जनप्रिय आधारभुत विद्यालयका प्रधानध्यापक गोपाल श्रीस, जनता मावि धम्जाका प्रधानध्यापक कुलदिप केसीले बोल्नुभएको थियो ।
कार्यक्रममा प्रधानध्यापक गोविन्दबहादुर भण्डारीले प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा उत्कृष्ट शिक्षक दयाराम शर्मालाई सम्मान तथा पुरस्कृति गरिएको थियो ।
वार्षिकोत्सवको अवसरमा आयोजित अन्तर विद्यालय स्तरीय शिक्षक भलिबलमा लक्ष्मी मावि धम्जा प्रथम र धिमिकरिना मावि द्धितीय भएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीम आलेको अध्यक्षता, शिक्षक चन्द्र खडकाको स्वागत र शिक्षक बाबुराम भण्डारीको संचालनमा सम्पन्न भएको थियो ।










