बागलुङ, १ माघ ।
म्याग्दी गण्डकी प्रदेश मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगितामा छनोट भएको छ ।
मंगलबार र बुधबार बागलुङको बाङ्गेचौर र म्याग्दीको रत्नेचौरमा भएको छनोट खेलको शिर्ष स्थानमा रहँदै म्याग्दी छनोट भएको हो ।
साविकको धौलागिरी अञ्चलका तीन जिल्ला म्याग्दी, मुस्ताङ र पर्वत विचको क्वालिफाइङ म्याचमा म्याग्दीले मुस्ताङ र पर्वतलाई पराजत गर्दै शिर्षस्थानमा रह्यो । म्याग्दीले पहिलो दिन मुस्ताङलाई ९–० र दोस्रो दिन (आज) बुधबार पर्वतलाई ३–२ गोलअन्तरले पराजित ग¥यो ।
छनोटको लागि म्याग्दीलाई बराबरी पर्याप्त रहे पनि पर्वतलाई पराजित गर्दै छनोट भएको हो । पहिलो हाफमा २–१ गोलले पछि परेको म्याग्दी दोस्रो हाफमा २ गोलगर्दै २–३ गोलअन्तरले विजयी भयो ।
प्रतियोगिता अन्तरगत मंगलबार पर्वत र मुस्ताङ १–१ गोलको बराबरी खेलेका थिए । एक खेलमा बराबरी र एक खेलमा पराजित दुवै टिमको समान १/१ अंक रहेपनि गोलअन्तरको आधारमा पर्वत दोस्रो र मुस्ताङ तेस्रो स्थानमा रहे ।
छनोट खेलमा गण्डकी प्रदेश मुख्यमन्त्री कप लिग कमिटिको आयोजनामा भएको थियो ।
विजेता म्याग्दी माघ ४ गतेदेखि ९ गतेसम्म पोखराको भण्डारढिक आर्दश खेल मैदानमा हुने गण्डकी प्रदेश मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिता खेल्नेछ । ।
लिगमा गण्डकी प्रदेशका एन्फा मान्यताप्राप्त ८ जिल्लाले स्वत स्थान बनाइसकेका छन् । एन्फाबाट मान्यता प्राप्त नभएको कारण म्याग्दी, पर्वत र मुस्ताङ जिल्लाले क्वालिफाइइङ म्याच खेल्नुपरेको हो ।
एन्फाको नयाँ कार्यविधी अनुसार प्रदेश स्तरिय फुटबल प्रतियोगिता गण्डकी प्रदेशमा पहिलो पटक हुन लागेको हो ।
तियोगितामा विजेता हुने टिमले नगद ५ लाख र उपविजेता हुनेलाई नगद ३ लाख नगद प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागिहुने टिमलाई टिम तयारी स्वरुप नगद ५० हजार समेत प्रदान गरिने छ । प्रतियोगितामा सर्वोत्कृष्ट हुने मध्ये वेष्ट डिफेन्स, वेष्ट गोल किपर, वेष्ट मिड फिल्डर, उत्कृष्ट प्रशिक्षक र सर्वा्धिक गोलकर्तालाई जनही ५ हजार प्रदान गरिनेछ ।
प्रतियोगिता सम्पन्न गर्न गण्डकी प्रदेश सरकारले ४० लाख नगद उपलव्ध गराउने आयोजकले जनाएको छ ।










