गण्डकी प्रदेश लिगको छनोट खेलमा म्याग्दीको विजयी सुरुवात

बागलुङ, २९ पुस ।
गण्डकी प्रदेश मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिताको छनोट खेलमा म्याग्दीले विजयी सुरुवात गरेको छ ।
साविकको धौलागिरी अञ्चलका तीन जिल्ला म्याग्दी, मुस्ताङ र पर्वत विचको क्वालिफाइइङ म्याचमा मंगलबार म्याग्दीले पहिलो खेलमा मुस्ताङलाई ९–० गोलअन्तरले पराजित ग¥यो ।
म्याग्दीको रत्नेचौर खेलमैदानमा भएको खेलमा म्याग्दीले पहिलो हाफमा ३ र दोस्रो हाफमा ६ गोल गरेको थियो ।
यस्तै आजै बागलुङको बाङ्गेचौर खेलमैदानमा भएको पहिलो खेलमा पर्वत र मुस्ताङले १–१ को बराबरी खेलेका थिए । पहिलो हाफमा १ गोलले अग्रता बनाएको पर्वतले दोस्रो हाफको अन्तिम तिर समालिन नसक्दा गोल खाँदै खेल बराबरीमा सकेको थियो ।
१ खेलमा पराजित र १ खेलमा बराबरी खेलेको मुस्ताङ बाहिरिएको छ । छनोट खेलमा भोली (बुधबार) म्याग्दी र पर्वत विच प्रतिस्पर्धा हुने गण्डकी प्रदेश मुख्यमन्त्री कप लिग कमिटिले जनाएको छ ।
लिगमा छनोट हुनको लागि म्याग्दीलाई बराबरी पर्याप्त छभने पर्वतले १०–० गोलअन्तरको जित निकाल्नुपर्ने हुन्छ ।
लिगमा गण्डकी प्रदेशका एन्फा मान्यताप्राप्त ८ जिल्लाले स्वत स्थान बनाइसकेका छन्भने एन्फा नभएका म्याग्दी, पर्वत र मुस्ताङले क्वालिफाइइङ म्याच खेल्नुपरेको हो । क्वालिफाइइङ म्याचको विजेता १ टिमसहित ९ टिमले लिग खेल्नेछन्
लिग माघ ४ गतेदेखि ९ गतेसम्म पोखराको भण्डारढिक आर्दश खेल मैदानमा हुनेछ । एन्फाको नयाँ कार्यविधी अनुसार प्रदेश स्तरिय फुटबल प्रतियोगिता गण्डकी प्रदेशमा पहिलो पटक हुन लागेको हो ।


प्रतियोगितामा विजेता हुने टिमले नगद ५ लाख र उपविजेता हुनेलाई नगद ३ लाख नगद प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागिहुने टिमलाई टिम तयारी स्वरुप नगद ५० हजार समेत प्रदान गरिने छ । प्रतियोगितामा सर्वोत्कृष्ट हुने मध्ये वेष्ट डिफेन्स, वेष्ट गोल किपर, वेष्ट मिड फिल्डर, उत्कृष्ट प्रशिक्षक र सर्वा्धिक गोलकर्तालाई जनही ५ हजार प्रदान गरिनेछ ।
प्रतियोगिता सम्पन्न गर्न गण्डकी प्रदेश सरकारले ४० लाख नगद उपलव्ध गराउने आयोजकले जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here