
बागलुङ, २९ पुस
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङ नगर कमिटीको कार्यकर्ता प्रशिक्षण कार्यक्रम बलेवा क्षेत्रदेखि सुरु गरेको छ ।
प्रशिक्षण कार्यक्रममा उद्घटान पछि बोल्दै नेपाल कम्युनिष्ट पार्टीका (नेकपा)का स्थायी कमिटी सदस्य तथा स्कुल विभागका उपप्रमुख देवेन्द्र पौडेलले अगुवा कार्यकर्ता प्रशिक्षण तथा संगठन निर्माण र परिचालनमा प्रशिक्षण दिनुभएको थियो ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा प्रदेश कमिटिका सचिव गोविन्द नेपालीले पार्टीको राजनितिक कार्यदिशा र आगामी कार्यभारको बारेमा कार्यकर्तालाई प्रशिक्षण दिनुभएको थियो ।
त्यस्तै केन्द्रिय कमितिका सदस्य तथा बागलुुङ इन्चार्ज बलावती शर्माले पार्टीको बैठक सञ्चालन र अनुशासनको बारेमा जानकारी दिनुभएको थियो । नेपाल कम्युनिष्ट पार्टी बागलुङका जिल्ला अध्यक्ष तथा गण्डकी प्रदेश सांसद इन्द्रलाल सापकोटाले जनप्रतिनिधि र पार्टीको अन्तरसम्वन्धका बारेमा सहजिकरण गर्नूभएको थियो ।

कार्यक्रममा प्रदेश कमिटीका सदस्य श्रीप्रसाद शर्माले नेपाल क्रान्तिमा प्रमुख राजनीतिक पार्टीको भुमिको बारेमा र राजनीतिक समसामयिक विषयमा जिल्ला कार्यकर्ता सदस्य कृष्ण पाठकले दिनुभएको थियो ।
कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी बागलुङ नगरकमिटिका अध्यक्ष धनबहादुर परियारको अध्यक्षता, बागलुङ नगरपालिका १३ का वडा अध्यक्ष उमानाथ शर्माको स्वागत र नगर कमिटीका सचिव इन्द्र केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।
मंगलवार भएको प्रशिक्षण कार्यक्रममा बागलुङ नगरपालिका १२, १३ र १४ का १ सय ३५ बढी कार्यकर्तालाई प्रशिक्षण दिएको र बागलुङ नगरपालिकाका सवै वडामा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने नगरकमितिका अध्यक्ष परियारले जानकारी दिनुभएको छ ।
२०७६ पुस २९ गते प्रकाशित










