दलित पत्रकार मञ्च बागलुङको अध्यक्षमा पुनः अनिष खाती चयन

49

बागलुङ, २८ पुस ।
दलित पत्रकार मञ्च बागलुङको अध्यक्षमा पुन अनिष खाती चयन हुनुभएको छ । मञ्चको सोमबार बागलुङमा सम्पन्न तेस्रो अधिवेशनले खातीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा नविन वि.क., महिला उपाध्यक्षमा मिनु वि.क., सचिवमा नवराज परियार, सहसचिवमा लक्ष्मी सुनार र कोषाध्यक्षमा देवी बोहरा रहनुभएको छ ।
यस्तै सदस्यहरुमा कृष्ण संयोग, सुमन सुनार, योगेन्द्र विश्वकर्मा, धन बहादुर वि.क., कञ्चन परियार, शिव बोहरा, लक्ष्मी परियार, कृष्ण समिर शाहि र विनोद विश्वकर्मा रहनुभएको छ ।
यस्तै अधिवेशनले पाँच सदस्य सल्लाहकार समिति चयन गरेको छ । सल्लाहकारहरुमा सज्जन सिंह विश्वकर्मा, लोकेन्द्र विश्वकर्मा, रामकृष्ण बोहरा, गणेश नेपाली र महेश खाती रहनुभएको छ ।


अधिवेशनको उद्घाटन समारोहमा बोल्दै नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले मञ्चले दलितहरुको लुकेका समाचारहरु बाहिर ल्याउन सघाउनुपर्ने बताउनुभयो ।
उहाँले आफ्नो जातीहरुको बारेमा धेरै आफैलाई थाहा हुने बताउँदै मिडियामा काम गर्दा दलित र महिलाका समाचारहरु दलित तथा महिला सहकर्मिहरुले बुझाउँदा महत्वपूर्ण रहेको थाहा हुने गरेको बताउँदै सत्य तथ्य समाचार ल्याउन मञ्चले सघाउ पु¥याउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा मञ्चका पूर्वअध्यक्ष सज्जन कुमार सिंह, सल्लाहकार लोकेन्द्र निराशी, रामकृष्ण बोहरा, प्रेस संगठनको केन्द्रिय अनुशासन समिति सदस्य कोपिला कंडेल, प्रेस संगठन बागलुङका संयोजक उमाकान्त शर्मा, प्रगतिशिल पत्रकार संघ बागलुङका सचिव विजय राना र आदिवासी जनजाति पत्रकार महासंघ बागलुङका अध्यक्ष संगम घर्तिले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
दलित पत्रकार मञ्च बागलुङका अध्यक्ष अनिष खातीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको स्वागत गणेश नेपाली र संचालन सचिव नविन शिशिर वि.क.ले गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here