बागलुङ, २८ माघ
बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुश्मीसेरा बजारमा ऐतिहासिक माघे संक्रान्ति मेला सोमबारदेखि सुरु भएको छ ।
साहारा क्लब कुश्मीसेराको आयोजनामा नगरपालिका वडा नम्बर २ को दुर्लेबेसी स्थित साहारा खेल मैदानमा औपचारिक मेला सुरु भएको हो । मेलाको उद्घाटनपछि बोल्दै जैमिनी नगरपालिकाका नगरप्रमुख इन्द्रराज पौडेलले सामाजिक क्षेत्रको परिवर्तनमा युवाहरुको सक्रियता आवश्यक भएको बताउँदै समृद्ध नगरका लागि संस्थाहरुको सहयोगको अपेक्षा गरिएको बताए ।
उनले मेला महोत्सवले स्थानीय पहिचान दिने बताए । नगरप्रमुख पौडेलले मेला महोत्सव गर्दा हुने आम्दानी र खर्च स्पष्ट पार्दा संघसंस्थाको गरिमा बढ्ने बताउँदै पारदर्शिता र जवाफदेहीतामा ध्यान दिन सबैलाई आग्रह गरे ।


माघेसक्रान्तीको अवसरमा सुरु भएको महोत्सवमा नगर प्रमुख पौडेलले जैमिनी नगरपालिका स्थापना कालबाटै थालनी भएको बताए । उनले नगरपालिका पनि संस्थागत बिकासमा लागेकोले क्रमस साथ र सहयोग रहने बताए । ‘शुन्य पूर्वाधारमा रहेको नगरपालिकाले केही गर्दैछ, संस्थागत भएपछि मेला र महोत्सवलाई पनि अझै व्यवस्थापित गर्छौ’ पौडेलले भने, ‘यो अभियानमा सबैको साथ र सहयोग पनि मिल्नेछ ।’ मेला सुरुहुनु अघि बाजागाजा सहित स्थानीयले बजार परिक्रमा गरेका थिए । स्थानीय कला संस्कृति तथा खेलकुदको सम्वद्र्धन, कृषि उद्योग, व्यापार तथा पर्यटनको प्रवद्र्धन भन्ने नारालाई मेलाले पुरा गर्ने विश्वास समेत स्थानीयले लिएका छन् ।
मेलामा बिबिध खेलकुद तथा साँस्कृतिक कार्यक्रम, रमाइलो मेला, बाल उद्यानका साथै बिबिध प्रदर्शनी समेत रहने क्लवका अध्यक्ष सुरेश सुनारले जानकारी दिए । परापुर्व कालदेखी नै जैमिनी घाटमा हुँदै आएको मेला केही समयदेखी क्लवको आयोजनामा कुश्मिसेरामा हुँदै आएको छ । सोमबारबाट सुरु भएको मेला माघ ४ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here