बागलुङ, २८ पुुस
रोजगारीको लागि दक्षिण कोरिया गएका नेपाली युवाहरुले सोमबार बागलुङको मानव सेवा आश्रम र रामानुज आश्रमलाई २० थान बल्याङ्केट प्रदान गरेका छन् ।
जाडोको मौसममा आश्रममा रहेका लक्ष्मी नारायणहरुलाई सहज होस् भन्ने उद्देश्यले मानव सेवा आश्रमलाई १३ र बागलुङ नगरपालिका ४ निरयघाटमा रहेको श्री रामानुज आश्रमलाई ७ थान बल्याङ्केट वितरण गरेको न्यानो बाढ्ने प्रयासका अभियन्ता सुमन केसीले जानकारी दिए ।
रोजगारीको लागि कोरियामा गएका नेपाली दाजुभाइले रगत पसिना बगाएर कमाएको पैसाबाट आश्रममा बसेका वृद्ध, बालबालिका र अपाङ्गहरुलाई जाडोको मौसममा मानवताको नाताले बल्याङ्केट वितरण गरेको केसीले बताए । उनले प्रति बल्याङ्केट २ हजार रुपैयाँको दरले ४० हजार रुपैयाँमा खरिद गरि वितरण गरिएको बताए ।
कार्यक्रम मानव सेवा आश्रमका अभियन्ता सुमिरा लामाको अध्यक्षता, विपना लामाको स्वागत र पत्रकार राजेशचन्द्र राजभण्डारीको संचालन र सुवास गौतमको शुभकामना मन्तव्यमा सम्पन्न भएको थियो ।


विगत ४ वर्षदेखि जाडो याममा नेपालको अति विपन्न पिछडिएका र गरिव बस्तीहरुका बृद्धबृद्धा तथा बालबालिकाहरुलाई लक्षित गर्दै न्यानो माया स्वरुप कम्बल र ब्लान्केट वितरण गर्दै आइरहेको अभियन्ता केसीले बताए ।
पहिलो वर्ष २०७२ मा हेल्प नेपाल नेटवर्कको सहकार्यमा दुईवटा जिल्लामा न्यानो बाड्न सक्याौँ सिन्धुपाल्चोक र सर्ला्हिमा दोस्रो वर्ष २०७३ मा नेपालमा पनि टिमका सदस्यहरू आफै खटेर चारवटा जिल्ला सर्लाहि, सप्तरी, धादिङ र सिन्धुपाल्चोकमा लगभग ५०० परिवारलाई न्यानो बाड्न सफल भएको थियोे ।
तेस्रो बर्ष २०७४ मा नेपालमा सामाजिक संस्थाहरुसंग सहकार्य गरेर टिमले खटेर ६ वटा जिल्लाहरु दोलखा, नुवाकोट, मोरङ, सुनसरी, चितवन र सिन्धुपाल्चोकमा गरि ६०० परिवारलाई न्यानो बाड्न काम गरेको थियोे ।
चौंथो बर्ष २०७५ मा टिमका शुरुवात कर्ता अभियन्ताहरु सहित अन्य विभिन्न सामाजिक अभियन्ताहरु फिल्डमा खटेर कालिकोट, धादिङ, सर्लाहिमा गरि २०० परिवार अति बिपन्न समुदायमा न्यानो बा‘ड्न सफल भएको जानकारी कार्यक्रम गरेको थियो ।
उक्त कार्यक्रममा आश्रमलाई बागलुङ नगरपालिका वडा नम्बर ६ निवासी राधिका केसी आफ्नो माताको पुण्यतिथिको अबसरमा ४ हजार सहयोग प्रदान गरेको थियो । आश्रममा रहेका ५० जनालाई एक छाक खाजा खुवाउन सहयोग गरेको केसीले बताइन ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here