बागलुङमा खुल्ला नगरपालिका स्तरिय दोस्रो राष्ट्रिय मेयरकप फुटबल हुने

223

अर्जुन कार्की
बागलुङ, २८ पुस ।
बागलुङमा खुल्ला नगरपालिका स्तरिय दोस्रो राष्ट्रिय मेयरकप फुटबल प्रतियोगिता हुने भएको छ । बागलुङ नगरपालिकाको आयोजना र जिल्ला फुटबल संघको संयोजनमा माघ १६ गतेदेखि २२ गतेसम्म खुल्ला मेयर कप फुटबल–२०७६ हुने सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
स्थानिय तहको निर्वाचनको पहिलो वर्षबाट सुरु गरिएको प्रतियोगिता गतवर्ष नभएपनि यस वर्ष खुल्ला नगरपालिका स्तरीय राष्ट्रिय मेयर कप फुटबलको आयोजना गरिएको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए ।
नगरप्रमुख पौडेलले प्रतियोगितामा देशभरका नगरपालिकाहरु र उपमहानगरपालिकाहरुले भाग लिन पाउने र स्थानियतहको सिफारिसमा राष्ट्रिय खेलाडीहरु पनि समावेश हुन पाउने प्रावधान राखिएको बताए । नगरप्रमुख पौडेलले बागलुङ जिल्लालाई खेलकुद तथा पर्यटकीय गन्तव्यको रुपमा विश्वसामु परिचित गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताए ।
नगरपालिकाले राष्ट्रिय दिवसको दिनमा कार्यक्रम गर्ने सोचका साथ शहिद दिवसको दिनमा मेयरकप आयोजना गरेर यसलाई नियमित दिदै अगाडी बढ्ने पौडेलले बताए ।
प्रतियोगिता संचालनको लागि नगरपालिकाले २१ लख ९६ हजार १ सय १० रुपैयाँ लागतको अनुमान गरिएको छ । प्रतियोगिताका सवै खेल बागलुङ नगरपालिका–१ को बाङ्गेचौर खेलमैदानमा संचालन गरिने बताइएको छ । प्रतियोगितामा १२ देखि २० टिमसम्मले सहभागिता जनाउने अपेक्षा लिएको जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङले जानकारी दिए ।


प्रतियोगिता खुल्ला गरिएपछि यस वर्ष पुरस्कार राशिमा पनि वृद्धि गरिएको छ । प्रतियोगिताको विजेताले उपाधिसहित ३ लाख रुपैयाँ प्राप्त गर्नेछभने उपविजेताले २ लाख र सेमिफाइनल पुग्ने टिमले ६०–६० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले १० हजार र विधागत तर्फ उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्ताले समान ५ हजारका दरले पाउनेछन् । यस्तै प्रतियोगितामा म्यान अफ दि म्याच हुने खेलाडीले २ हजार रुपैयाँ पाउनेछन् ।
नगरपालिकाले २०७४ सालमा प्रदेश नम्बर ४ स्तरीय मेयरकप प्रतियोगिता संचालन गरेको थियो । उक्त प्रतियोगितामा वालिङ नगरपालिका स्याङ्जाले पोखरा उपमहानगरपालिकालाई पराजित गर्दै उपाधि जितेको थियो ।
नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको स्वागत उपप्रमुख सुरेन्द्र खड्का र संचालन जिल्ला फुटबल संघ बागलुङका उपाध्यक्ष रेशम गोतामेले गरेका थिए ।
यस्तै प्रतियोगिता सफल पार्नको लागि तयारी समिति गठन गरिएको छ । मैदान व्यवस्थापन संयोजकमा राजकुमार शर्मा, प्रचारप्रसार संयोजकमा सुर्य लामिछाने, झाँकी तथा सांस्कृतिक कार्यक्रम संयोजकमा जय राजभण्डारी, प्राथमिक उपचार संयोजकमा लोक बहादुर खड्का, रेफ्रि/कमिशनरमा विकास थापा, खाजा व्यवस्थापनमा रुविना श्रेष्ठ थापा, खेलाडी व्यवस्थापनमा प्रकाश शर्मा, मञ्च/स्टल व्यवस्थापनमा राहुल बोहरा, टिकट/निमन्त्रणा संयोजकमा सुरज खड्का, पुरस्कार÷मायाको चिनो संयोजकमा भानु आचार्य, उद्घाटन÷समापन समारोह संयोजकमा रेशम गोतामे, सम्मान तथा सुरक्षा संयोजकमा राम शर्मा र स्वर्यसेवक स्रयोजकमा राजकुमार बोसेल रहेका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here